Comments Add Comment

५ हजार वर्ष पू्रानो रुखले बदल्यो आफ्नो लिंग

treeचिकित्सा पद्धतिको विकाशसँगै विभिन्न मानिसहरुले सर्जरी गरेर आफ्नो लिंग परिवर्तन गरेका समाचार त सुनिएकै हो । तर अहिलेसम्म मान्छे बाहेक अरु जिवले लिंग परिवर्तन गरेको सुनिएको थिएन ।

अझ रुखले लिंग परिवर्तन गर्ने भन्ने कुरा छ कल्पना गर्न सकिने कुरै भएन । तर अब हुँदा हुँदा रुखले पनि लिंग परिवर्तन गर्न थालेछ । स्कटल्याण्डमा एउटा ५ हजार वर्ष पूरानो रुखले आफ्नो लिंग परिवर्तन गरेको छ ।

पर्थशायरमा रहेको फोटिंगाल यू नामक रुखलाई सदियौँदेखि भाले रुख मानिएको थियो । तर अचेल यो रुखमा फल फलेका छन् ।   यसबाट यो रुख आफ्नो लिंग बदलेर पोथी बन्न थालेको प्रमाणित भएको छ । यो विचित्र घटनाले वनस्पती विज्ञहरुलाई समेत अचम्ममा पारेको छ ।

पर्थसायरको एक चर्चमा सदियौँदेखि रहेको छ यो रुख । यो रुख भाले रुखको रुपमा रहँदै आएको छ । जसको अर्थ यसले फल नभै परागगण मात्र पैदा गर्दै आएको थियो । तर यो पटक भने यो बोटमा तिनवटा फल फलेका छन् । यसअर्थमा यो रुखकेा केही भाग भालेबाट पोथी बनिसकेको छ ।

tree5एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनका वनस्पतीविद म्याक्स कोलम्यानका अनुसार यो निकै अनौठो घटना हो र यसको कारण खुलिसकेको छैन ।

जलवायु तथा वातावरणमा भएको परिवर्तनका कारण त्यस्तो भएको हुनसक्ने अनुमान उनको छ । रुखका एक दुइ हाँगा छाडेर अरु पूरै भाग भने भाले नै छ । फल फलेका हाँगाका साथै फलका समेत नमूना लिएर शोधकर्ताहरुले अनुसन्धान सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment