Comments Add Comment

यौनस्वास्थ्यका बारेमा महिलाहरुले जान्नैपर्ने ७ कुरा

sexual healthआफ्नो यौनसमस्या तथा यौनरोगको बारेमा भन्नका लागि महिलाहरु प्रायः हिच्किचाउँछन् । यौनांगमा घाउखटिरा, यौनांग चिलाउने, पोल्ने, पानी बग्ने जस्ता समस्याहरुबाट पीडित हुनेहरु समेत रोग लुकाएर बस्दछन् लाजका कारण ।

धेरैले यौनांगको स्वास्थ्य तथा सफाइमा ध्यान नै दिँदैनन् जसका कारण उनीहरु विभिन्न खाले संक्रमणकेा जोखिममा पर्दछन् ।

स्त्रीरोग विशेषज्ञका अनुसार महिलाहरु आफ्नो यौनांगको स्वास्थ्यका बारेमा सचेत हुनुपर्छ । यौनिक रुपमा सक्रिय हुँदा वा नहुँदा समेत यौनांग स्वस्थ हुनैपर्छ । बेलायती स्त्रीरोग विज्ञ डाक्टर अहमद स्माइलका अनुसार महिलाले आफ्नो यौनांगको स्वास्थ्यका विषयमा यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ:

१. पब्लिक ट्वाइलेट तथा बाथरुम लगायतका ठाउँमा आफ्नै टावेल प्रयोग गर्ने: पब्लिक ट्वाइलेट, ज्याकुजी, स्विमिंग पुल, स्पा तथा साउनाहरुमा त्यहाँ राखिएको सबैले प्रयोग गर्ने टावेल नभै आफ्नै टावेल प्रयोग गर्नुपर्छ । सबैले प्रयोग गरेका फोहोर तथा संक्रमित टावेलहरुले जिउ पुछ्दा यौनांगमा संक्रमणको सम्भावना हुन्छ ।

२. यौनांगको सरसफाइमा समय छुट्टाउनै पर्छ । यदि तपाइँ लामो समयसम्म कतै हिँडेर आउनुभएको छ भने यौनांग राम्रोसँग धुनुपर्छ र राम्रोसँग हावा छिर्न दिई सुख्खा बनाउनुपर्छ । यौनांग सफा गर्दा एन्टीब्याक्टेरियल साबुनहरुकेा प्रयोग गर्नु आवश्यक छैन । यस्ता साबुनको प्रयोगले यौनांगमा हुने लाभदायक जिवावणुलाई पनि मारिदिने र यौनांगमा गन्ध आउने खतरा हुन्छ ।

३. कटनका अन्डरवेयर लगाउनुहोस् । तर सिन्थेटिक अन्डरवेयर लगाउनु हानिकारक हुन्छ ।

४. बढि कसिला पेन्टी तथा पेन्ट नलगाउनुहोस् । यसले यौनांगमा असर पार्दछ ।

५. तपाइँ अविवाहित हुनुहुन्छ भने पनि आफ्नो यौनांगको नियमित परीक्षण गराउनुहोस् ।

६. यदि तपाइँ यौनिक रुपमा सक्रिय हुनुहुन्छ र कसैसँगको यौनसम्पर्कपछि योनीबाट पानी बग्ने समस्या सुरु भएको छ भने यौनरोग विषेशज्ञकहाँ गई जँचाइहाल्नुपर्छ । यदि तपाइँमा संक्रमण भएको थाहा भयो भने आफु र आफ्नो पार्टनर सँगै उपचार गराउनुपर्छ ।

७. गुँदा मैथुनमा सचेत हुनुस्:  यदि तपाइँले गुँदामैथुन गर्नुहुन्छ भने गुँदामैथुन पछि लगत्तै योनीमैथुन नगर्नुस् । यसले मलद्धारबाट विभिन्न किटाणुहरु योनीमा प्रवेश गरी संक्रमण गराउने डर हुन्छ । डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment