२९ जेठ, सत्तरी । सत्तरीको कञ्चनरुप–८ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने १८ वर्षीय सागर मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सागरले अत्यधिक गर्मी बढेपछि गर्मी छल्नको लागि खोलामा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिए ।
डुबेर गम्भीर घाइते भएका मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4