Comments Add Comment

युरो कपमा कुन लिगका कति खेलाडी खेल्दैछन् ?

euro-cup

काठमाडौं । इंग्लिस टोली लिभरपुललाई हराउँदै सेभियाले तेस्रो पटक युरोपा लिगमा पाएको अद्धितीय सफलताबाट आफूलाई प्रमाणित गरिसकेको छ ।

यसले ला लिगालाई केवल रियल म्यड्रिड र बार्सिलोनासँग मात्र तुलना गर्नेहरुको बोली बन्द गरिदिएको छ । स्पेनिस क्लबहरुको क्षमता अद्धितीय छ ।

इंग्लिस प्रिमियर लिगपछि सबैभन्दा चर्चित लिग हो ला लिगा । तर आश्चर्यको कुरा के हो भने यसपटकको युरोकपमा धेरै खेलाडी प्रतिनिधित्व गराउनेमा ला लिगा पाँचौं नम्बरमा आएको छ ।

Euro-2016

टर्की सुपर लिग चौथो स्थानमा छ । यसबाट थाहा हुन्छ कि विदेशी खेलाडीलाई आफ्नो लिगमा आकर्षित गर्न टर्कीका क्लबहरुले कति पैसा खन्याइरहेका छन् ।

युरो २०१६ मा सबैभन्दा धेरै इंग्लिस प्रिमियर लिगका १०६ जना खेलाडीहरु फ्रान्स पुगेका छन् । यो ठीकै पनि हो, सबैभन्दा धेरै खेलाडीमा पैसा खन्याउने लिग इपिएल छ ।

दोस्रोमा जर्मन बुन्डेजलिगाका खेलाडी छन् । उनीहरुको सङ्ख्या ५६ छ । त्यस्तै ४९ जना सिरिए लिग खेलाडीहरु फ्रान्समा छन् । इंग्ल्याण्डको च्याम्पियनसीप र रसियन पि्रमियर लिगबाट ३१/३१, फ्रान्सको लिग १ बाट २३ र युक्रेनी प्रिमियर लिगबाट २१ जना खेलाडीहरु फ्रान्स युरो खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment