Comments Add Comment

स्पेनका समर्थक विकेश, भन्छन्- जर्मनी उपाधिको मुख्य दाबेदार

Bikesh-Kuthu

फ्रान्समा सुरु भएको महादेशीय फुटबलको महामेला युरो २०१६ को रन्को युरोपमात्र होइन युरोप बाहिरपनि त्यत्तिकै परेको छ । नेपाली समर्थकहरुले टेलिभिजनमा प्रत्यक्ष प्शारण हेरेर युरोकपको मज्जा लिइरहेका छन् ।

यस्तैमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर विकेश कुथुले पनि फ्रान्स युरोकपबाट अछुतो छैनन् । यसपटकको प्रतियोगिताबारे उनले गरेको टिप्पणी यस्तो छ ।

मेले फुटबल बुझ्न थाल्दा स्पेनिस टोलीले विश्व फुटबलमा राज गर्न थालेको थियो । बिशेष गरी २००८ को युरो, त्यसको दुई बर्षपछिको विश्वकप र फेरि युरो । त्यसैले मेरो मनपर्ने टोली स्वभाविक रुपमा स्पेन नै हो ।

त्यसमा पनि टोलीका भेट्रान खेलाडी तथा गोलकिपर इकर कासियास मेरा प्रेरणा हुन् । उनैको खेल हेरेर मैले गोलकिपर पोजिसन अंगालेको थिएँ । स्पेनबाट उनले खेलेका हरेक खेल म चासोका साथ हेर्ने गर्छु । लामो समय विश्वका उत्कृष्ट गोलकिपरको रुपमा रहेका उनको खेलकला हेरेर मैले आफुलाई धेरे ठाउँमा सुधार पनि गरेको छु । यद्यपि यस युरोमा जर्मनीका म्यानुअल निउरको प्रदर्शन गोलकिपरको रुपमा उत्कृष्ट हुन सक्छ ।

स्पेनिस टोलीले यस युरोमा सेमिफाइनलसम्मको यात्रा तय गर्ने अनुमान मेरो छ । किनभने पछिल्लो विश्वकपमा खराव खेलेको स्पेनले त्यसयता टोलीमा ब्यापक फेरबदल गरेको छ । विश्वकप खेलेका ८/९ जना खेलाडीहरु अहिले टोलीमा छैनन । तर, अधिकांश युवा खेलाडीहरुलाई समावेश गरेर नेपालले बंगबन्धु र सागको उपाधि जितेसँगै स्पेनिस युवा टोलीले पनि आफूलाई प्रमाणित गरेमा युरोको उपाधिमा हृयाटि्रक नहोला भन्न सकिन्न ।

यसपटकको प्रगियोगितामा बेल्जियमको टोलीको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा मेले गरेको छु । स्टार खेलाडीले भरिएको बेज्लियमको टोली पछिल्लो समय निक्कै राम्रो लयमा छ । यद्यपि विश्वविजेता भएको नाताले जर्मनी यस युरोको उपाधिमा प्रमुख दावेदार हो । फ्रान्स र स्पेनले सेमिफाइनलसम्म पुग्ने अपेक्षा राखेको छु ।

युरो २०१६ को उद्घाटन खेल शनिबार राति मैले पनि टिभीमा हेरेँ । फ्रान्सले रोमानियालाई दुई एक गोलअन्तरले हरायो । तर, फ्रान्सेली टोलीको प्दर्शनमा सन्तुलनता देखिएन । तुलनात्मक रुपमा कमजोर मानिएको रोमानियाबिरुद्ध फ्रान्सको प्रदर्शन अन्य खेलहरुमा नसुधि्रने हो भने घरेलु टोलीको भविश्य यस प्रतियोगितामा कमजोर रहनेछ ।

युरोकप लगायत विश्वका ठूला फुटबल प्रतियोगिताहरु म परिवारसँगै बसेर हेर्छु । हाम्रो परिवार ने खेलकुदमय छ । मेरो दाइ र फूपूपनि फुटबल खेलाडी भएको नाताले घरमै परिवारसँग बसेर हेर्न रमाइलो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment