Comments Add Comment

सेक्स स्क्याण्डलमा छुटिए स्पेनिस गोलकिपर !

David-de-Gea

युरो कपको सुरु भए लगतै सार्वजनिक एक टेक्स म्यासेजका कारण स्पेनिस गोलकिपर डेभिड डी जिया संकटमा परेका छन् । उनले युरो कप २०१६ नै गुमाउन सक्ने खतरा देखिएको छ ।

सार्वजनिक भएको हृवाट्सएप म्यासेजमा जियाले म्यानेचष्टर युनाइटेडका पाँच टिममेटका लागि यौनकर्मी व्यवस्था गर्ने प्रयास गरेका थिए ।

यद्यपि जियाले यो आरोप अस्वीकार गरेका छन् । यो विषय एक पोर्न डाइरेक्ठरलाई माथि लागेको बालबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोजसँग जोडिएको छ । डाइरेक्टर इग्नासिओ फर्नान्डेजविरुद्धको मुद्धाका साक्षीहरुका अनुसार डी जिया र यू २१ का दुई खेलाडीले २०१२ मा उनी र अर्कीएक युवतीसँग समय तय गरेका थिए ।

साथै गोलकिपरले म्यानचेष्टर युनाइटेडका पाँच खेलाडीलाई यौनकर्मी मिलाउने प्रयास गरेको दाबी समेत गरेको थियो । यो दाबी स्पेनिस पत्रिकाहरुमा प्रकाशित भएको छ ।

यता युरो कपमा स्पेनको पहिलो रोजाइको गोलकिपर रहेका डी जियाले यो दाबीलाई अस्वीकार गरेका छन् । यो समाचारले आफू आश्चर्यमा परेको भन्दै उनले भने, यो सबै आरोप अस्वकिार गर्छु । यो सबै झुटो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment