Comments Add Comment

‘युरो कपमा स्टार बन्न चाहने धेरै छन्, रोनाल्डो वास्तविक सुपर स्टार हुन्’

Ronaldo 810

इंग्ल्याण्डले हृयारी केनबाट धेरै आश गरेको छ भने फ्रान्सले एन्थोन ग्रिजम्यान र पल पोग्बाबाट । युरो कप २०१६ खेलिरहेका हरेक टिमले आफ्ना खेलाडी युरो कपको स्टार होस् भन्ने चाहेका छन् ।

तर, क्रिष्टियानो रोनाल्डोको लेभलमा कोही छैनन् । पोर्चुगलका कप्तान यो प्रगियोगिताको वास्तविक सुपर स्टार हुन् । र, उनी यो पटक आफ्नो टिमलाई उपाधि दिलाउन चाहन्छन् ।

‘रोनाल्डोसँग तुलना गर्न सकिँदैन’ पोर्चुगलका डिफेण्डर सेडि्रक सोरस् ले भने, यो असम्भव छ । उनी विश्वकै उत्कृष्ट हुन्, जुन उनले धेरै पटक प्रमाणित गरिसकेका छन् ।’

उनले अघि भने, पोग्बा, ग्रिजम्यान राम्रा खेलाडी हुन् । तर, रोनाल्डो विश्वकै उत्कृष्ट हुन् ।’

यो सिजन स्पेनिस जाइन्ट रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका रोनाल्डोले अरू टिममटले भन्दा एक साता बढी आराम गर्ने समय पाए । त्यसपछि युरो कपअघिको अन्तिम मैत्रिपूर्ण खेलमा एस्टोनियाविरुद्ध पोर्चुगललाई ७-० को जित दिलाउने क्रममा उनले दुई गोल गरे ।

र, ‘११ मिलियन पोर्चुगिजका कप्तान’ रोनाल्यो यो पटक उनी पूर्ण फिट देखिएका छन् । र, उनको लक्ष्य फ्रान्समा पोर्चुगललार्इ उपाधि दिलाउनु नै हो ।

रोनाल्डोको फुटबल करियरमा अभाव पनि देशका लागि कुनै ठूलो प्रतियोगिताको उपाधि दिलाउनु हो । २ वर्ष अघि ब्राजिलमा भएको विश्वकपमा रोनाल्डो पूर्ण रुपमा फिट थिएनन् । र, उनको टोली समूह चरणबाटै बाहिरियो ।

यो पटक उनले के गर्छन् हेर्न बाँकी छ । पोर्चुगलले समूह चरणको आफ्नो पहिलो खेलमा आइसल्याण्डको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment