+
+
Shares

एनबी बैंकले ८० प्रतिशत हकप्रद सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १२:१७

Nb-bank३० जेठ, काठमाडौं । नेपाल बंगला देश बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर दिने निर्णय गरेको जानकारी आइतबार बिहान नेपाल स्टक एक्सचेञ्जलाई दिएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी साढे ५ अर्ब रुपैयाँ पुग्ने छ । अब अाउने बोनस सेयर पछाडि यो हकप्रद सेयर दिने भएकाले चुक्ता पुँजी ६ अर्ब नाघ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अनलाइनखबरलार्इ बताए ।

सञ्चालक समितिको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र एनबी बैंककै आगामी साधारणसभाले पारित गरेपनि मात्रै हकप्रद सेयर वितरण गरिनेछ ।

बैंक एक/दुर्इ वटा साना संस्थाहरू एक्वायर गर्ने मनस्थितिमा रहेको सीइअो ढुंगानाले जानकारी दिए । ‘राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउनकै लागि मात्र हो भने हामी मर्जर वा एक्वायरमा गइरहनुपर्ने अावश्यकता छैन । अागामी वर्ष पनि बोनस र हकप्रद सेयर दिएर पुर्याउन सक्छाैं ‘उनले भने- तर, मर्जर वा एक्वायरमा जानुका अन्य फाइदा भएकाले हामी साना संस्थाहरू लिएर अघि बढ्ने तयारीमा छाैं ।’

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आगामी ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको सो व्यवस्थासँगै बैंकहरुले बोनस सेयर, मर्जर वा एक्वायर तथा हकप्रद सेयर जारी गरि पुँजी बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?