Comments Add Comment

माञ्जुकिज भर्सेज टुरान

mario-mandzukic-vs-arda-turan
आज राति पौने १० बजे युरोकपको समूह डी अन्तर्गत टर्की र क्रेएशियाबीचको खेल हुनेछ । क्रेएशियालाई प्रतियोगिताको ‘अण्डर डग’ टोलीको रुपमा हेरिएको छ ।

औसत खेलाडीहरुको सन्तुलित म्याच क्रोएशियाली खेलाडीको बिशेषता हो । यता २००८ को संस्करणमा सेमिफाइनलसम्म पुगेको टर्कीले त्यसको चार बर्षपछि छनौट हुन सकेको थिएन । हामीले यी टोलीका एक एक खेलाडीलाई चित्रित गरेका छौं ।

मारियो माञ्जुकिज, क्रोएशिया

३० बर्षीय जुभेन्टसका स्ट्राइकर मारियो माञ्जुकिजको सम्भवतः यो अन्तिम युरोकप हो । क्रोएशियाली फुटबल समर्थकमाझ निक्कै लोकपि्रय माञ्जुकिज विपक्षी रक्षापंक्तिको टाउको दुखाई बन्न सक्छन् । एथ्लेटिको म्याडि्रडका पूर्वस्टार यी खेलाडीले क्रोएशियाका लागि खेलेका ६६ खेलमा २२ गोल गरेका छन् ।

क्लव फुटबलमा पनि उनको राम्रो प्रदर्शन छ । २०१२-२०१४ को सिजनमा बार्यन म्यूनिखमा रहँदा उनले ५४ खेलमा ३३ गोल गरेका थिए । त्यसपछिका दुई सिजन उनले एथ्लेटिको म्याड्रिड र युभेन्टसमा विताए । जहाँ उनले क्रमसः १२ र १० गोल गरे ।

आर्दा टुरान, टर्की

२९ बर्षीय बार्सिलोनाका मिडफिल्डर आर्दा टुरान टर्कीका सबैभन्दा अनुभवी खेलाडी हुन् । टर्कीका लागि उनले ९१ ख्ेल खेलेका छन् भने १७ गोल गरेका छन् ।

सन् २००६ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेका उनले प्लेमेकरको भुमिकामा फिट देखिन्छन् । यस युरोमा टर्कीले आशा गरेको खेलाडी हुन् टुरान । उनकै प्रदरर्शनको आधारमा टर्कीको भविश्य यस प्रतियोगितामा देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment