Comments Add Comment

माओवादीको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरुः प्रवक्ता भुसाल

३० जेठ, भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकारको गठनको गृहकार्य सुरु गरिसकेको बताएकी छन् ।

Pamfa-Bhusalरफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा भुसालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बिभिन्न दलहरुसँग छलफल सुरु गरिरहेको जानकारी दिएकी हुन् ।

मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्दै उनीहरुलाई समेत राष्ट्रिय सरकारमा समावेश गर्न माओवादी केन्द्र सफल हुने उनले दाबी गरिन् ।

हाल सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता नबोलाउने उनले स्पष्ट पारिन् ।

उनले ढिलै भए पनि माओवादी केन्द्रमा किरण, बाबुराम र विप्लव आउने प्रवक्ता भुसालले दाबी गरिन् । माओवादीलाई चट्क्कै छाडेर जानुको सट्टा माओवादीमै समाहित भएर किरण, बाबुराम र विप्लवले आफ्नो जिम्मेवारी लिएर काम गर्दा सबैको लागि हित हुने उनको भनाइ छ ।

पूर्वमन्त्री समेत रहेकी भुसालले नेपालमा प्रत्यक्षरुपमा विदेशी हस्तक्षेप रहेको बताइन् । नेपालले नयाँ उपनिवेशको सामना गरिरहेको बताउँदै उनले हालसम्म भारत लगायत अन्य देशको हस्तक्षेप जारी रहेको बताइन् ।

चीनतर्फका नाका बिस्तारका लागि नेपाल सरकारले सम्झौता गरिसकेको र त्यसलाई पूर्णता दिन नेपाल अग्रसर बन्नुपर्ने उनको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment