+
+

सहमति नजुटेपनि संविधान कार्यान्वयन हुन्छ: गृहमन्त्री बस्नेत

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ जेठ ३० गते १६:५९

Shakti-Basnet३० जेठ, पोखरा । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनरत दलहरुबीच सहमति नभएपनि संविधान कार्यान्वयन हुने दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जारी गतिरोधका बाबजुद संविधान कार्यान्वयन हुने बताएका हुन् ।

संविधान बिरोधीहरुले संविधान कार्यान्वयन नहोस् भन्ने कामना गर्दै अँध्यारो कोठामा धुप बालिरहेको भन्दै उनले भने, ‘संविधान कार्यान्वयनको विकल्प छैन, अहिलेको मुख्य कार्यभार भनेकै संविधानको कार्यान्वयन हो, त्यसैले आन्दोलनरत दलहरु सहमतिमा नआएपनि संविधान कार्यान्वयन हुन्छ तर त्यसका लागि संविधान जारी गर्ने बेलामा एक ठाउँमा भएका दलहरु फेरी एक ठाउँमा आउनुपर्छ ।’

गृहमन्त्री बस्नेतले संविधानले सबै दल र जनताका आकांक्षाहरु शतप्रतिशत पूरा नगरेपनि यसले केही हदसम्म सम्बोधन गरेको बताए । संविधान सहि अर्थमा लागु गर्न सकेको खण्डमा जनताका धेरै आकांक्षा पूरा हुने बताउँदै उनले भने, ‘संविधान कार्यान्वयन गर्न सकियो भने वा सही अर्थमा संविधान लागु गर्न सकियो भने नेपाली कसैले पनि आवासविहीन हुनु पर्दैन, अनि दुई-चार पैसा कमाउनकै लागि बिदेश जानु पनि पर्दैन ।’

एक फरक प्रसंगमा गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीले आफ्नो राजीनामा नमागेको दाबी गरे । प्रधानमन्त्रीले राजीनामा मागेको विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘मलाई कसैले पनि राजीनामा मागेको छैन, यदि कसैले मागिहालेको भए मलाई जानकारी छैन, कसैले राजीनामा मागेको हो भन्छ भने जसले भन्छ उसैलाई सोध्नुस् ।’

यो पनि पढ्नुस्

विप्लव माओवादीलाई कानुनको दायरामा ल्याउने गृहमन्त्रीको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?