+
+

व्यक्ति वेपत्ता पार्नेविरुद्ध उजुरी दिने म्याद एक महिना थप

हालसम्म २ हजार ८४ उजुरी, प्रारम्भिक जाँच शुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १५:३९

३० जेठ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले व्यक्ति वेपत्ता पार्ने विरुद्ध उजुरी गर्ने अवधि एक महिना थप गरेको छ ।

यसअघि आयोगले जेठ मसान्तसम्म मात्र यस्तो उजुरी गर्नसक्ने व्यवस्था गरेको थियो ।

Bepatta-chhanbin-aayogपीडित पक्षको आग्रहमा आयोगले उजुरी दिने अवधि बढाएर असार मसान्तसम्म बनाएको हो । यससँगै थप एक महिनाभित्र पीडित पक्षले व्यक्ति वेपत्ता पार्ने विरुद्ध वेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमा उजुरी दिन सक्नेछन् ।

आयोगले दर्ता गएका उजुरीका आधारमा सशस्त्र द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट वेपत्ता पारिएको व्यक्तिको छानवीन गरी दोषीलाई कारबाहीको सिफारिस गर्नेछ ।

दश बर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट १४ सय ९५ जना वेपत्ता पारिएको थियो ।

प्रारम्भिक जाँचबुझ शुरु

वेपत्ता आफन्तको खोजी गरी यथार्थ अवस्था जानकारी गराइदिन र दोषीमाथि कारबाहीको माग गर्दै आयोगमा अहिलेसम्म २ हजार ८४ उजुरी परेको छ ।

त्यसमध्ये करिब ८ सय उजुरीको प्रारम्भिक जाँचबुझ गरिसकेको आयोगका सचिव महेश शर्मा पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?