Comments Add Comment

ओजिल भर्सेज यार्मोलेन्को

Ozil-Vs-Andriy-Yarmolenko

युरो २०१६ मा आज जर्मनीले युक्रेनसँगको खेलसँगै प्रतियोगिताको सुरुवात गर्नेछ । विश्वबिजेता जर्मनीलाई युरोकपको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

तर, पछिल्लो केहि खेलहरुमा उसको कमजोर प्रदर्शन प्रशिक्षक जोचिम लो का लागि टाउको दुखाई बनिरहेको छ । यद्यपी स्टार खेलाडीले भरिएको जर्मनी युक्रेनलाई हराएर सुःखद सुरुवात गर्ने दाउमा हुनेछ । यता पछिल्लो १ बर्षमा खेलेका १२ खेलमा एउटामा मात्र पराजय व्यहोरेको युक्रेन उत्कृष्ट लयमा छ । हामीले एक्लैको प्रदर्शनले खेलको नतिजामा प्रभाव पार्ने टोलीका एक एक खेलाडीबारे उल्लेख गरेका छौं ।

मेसुट ओजिल, जर्मनी

जर्मनीका २७ बर्षीय यी मिडफिल्डरलाई ‘एसिस्ट मेसिन’को रुपमा लिइन्छ । आक्रमक मिडफिल्ड तथा फरवार्ड, दुवै पोजिसनमा फिट रहने छरिता स्टार मेसुट ओजिल गोलका लागि पास उपलब्ध गराउन माहिर मानिन्छन् । जर्मन टोलीका फि्रकिक र कर्नर स्पेसलिष्ट ओजिलले राष्ट्रिय टोलीबाट खेलेका ७३ खेलमा १९ गोल गरेका छन् ।

गत संस्करणको युरोपियन च्याम्पियनसीमा जर्मनीले तेस्रो स्थानमा रहेर टुंग्याएको थियो । त्यस प्रतियोगितामा ओजिल दुई खेलमा म्यान अफ द म्याच चुनिएका थिए । प्रतियोगिता भर सर्बाधिक ३ एसिष्ट गरेका उनी युरोकपमो डि्रम टिममा पनि समावेश थिए ।

इंग्लिस टोली आर्सनल र त्यसअघि स्पेनिस जायन्ट रियल म्याडि्रडका स्टार यी प्लेमेकरको प्रदर्शनले जर्मनीको भविश्य निर्धारण गर्नेछ ।

एन्ड्री यार्मोलेन्को, युक्रेन

युत्रेनी महारथी क्लव डाइनामो किभका स्टार एन्ड्री यार्कोलेन्को युक्रेनी टोलीबाट खेल्दा विपक्षीका लागि टाउको दुखाई बन्न सक्छन् । अग्रपंक्तिमा मिडफिल्डर या फरवार्ड दुवै भुमिकामा फिट देखिने उनलाई युक्रेनका प्रशिक्षक मिखालो फोमेन्कोले मिडफिल्डमा राखेका छन् ।

युक्रेनको राष्ट्रिय टोलीका ५९ खेल खेलेर २५ गोल गरेका उनी युरोकपमा चम्किन सम्छन् । सन् २००७ देखि डाइनामो किभबाट खेलेका उनले १९५ खेलमा ८१ गोल गरेका उनले गएको सिजन मात्रै ३४ खेलमा १९ गोल गरेका थिए । उत्कृष्ट लयमा रहेका उनले फ्रान्समा खपनि त्यसलाई निरन्तरता दिन सके युक्रेनले जर्मनीलाई दबाव दिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment