Comments Add Comment

पूरै गाउँमा दस कक्षा पास गरेका एक जोडी मात्र

school३१ जेठ, काठमाडौं । आछामका सुगम गाविसमध्ये पर्ने जनाकीकोट गाविस ८ मा एसएलसी उत्तीर्ण गरेका एक जना पनि छैनन् । वडामा ४२ घर दलित बस्ती रहेको छ ।

एउटै गाविसका एउटै जातिको बसोबार रहेको दुई फरक गाउँमा शैक्षिकस्तरको ठूलो खाडल छ । वडा नं ६ मा स्नातकोत्तर उत्तीर्णको गर्ने स्थानीय पनि छन् । यो वडामा ३२ दलित परिवारको वसोबास छ ।

सिंगो गाउँमा एसएलसी उत्तीर्ण एकजना पनि नभएपछि जागिरे हुने त कुरै भएन । गाउँका सबैले पुर्खादेखिको लुगा सिलाउने दसैंतिहार जस्ता चाढपर्वमा बाजा बजाउने काम गर्दै आए । अाजको अन्नपूर्णमा समाचार छ ।

गाउँमै निमावि तहसम्मको पढाइ हुने विद्यालय छ भने छिमेकी तिमल्सेना गाउँमा माविसम्को पढाइ हुने विद्यालय छ । यति मात्र नभएर जिल्लाकै जेठो महेन्द्र उच्च मावि बयलपाटा र जनता क्यासपनि पनि करिब डेढ घण्टाको दुरीमा छ ।

यो गाँउमा सवैभन्दा धेरै पढेका गणेश आउजी हुन् । उनले कक्षा १० उत्तीर्ण भएपछि पढाइ छोडेका थिए । उनी दुई पटक एसएसलीमा अनुत्तीर्ण भएका थिए । उनले विवाह पनि गरेका छन् । उनकी श्रीमती पनि दश कक्षा उत्तीर्ण छिन् ।  आर्थिक अवस्था कमजोर भएका कारण दलित वस्तीका युवाहरु पाँच छ कक्षा पढेपछि भारत जाने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment