Comments Add Comment

इनिइस्टा भेर्सेज रोसिस्क्की

Iniesta Vs tomas-rosickyआन्द्रेस इनिएस्टा, उनले यस सिजनको अन्त्य राम्रो खेलेर सम्पन्न गरे । कुनैपनि स्पेनिस समर्थक राष्ट्रिय टोलीबाट इनिएस्टाको खेल हेर्न उत्सुक नरहेको भेटिँदैनन् । सन् २०१० मा स्पेनलाई विश्व च्याम्पियन बनाउने उनको गोल सायदैले भुलेका होलान् । अहिले स्पेनिस टोली उनको स्किल र प्रदर्शन पछिल्ला प्रतियोगिताहरु भन्दा अझै बढि आवश्यक परेको छ । जाभीको सन्यास पछि अहिले स्पेनिस टोली उनैको भएको छ ।

३२ बर्षीय भेट्रान मिडफिल्डर इनिएस्टाको राष्ट्रिय टोलीबाट सायद यो अन्तिम ठूलो प्रतियोगिता हुनसक्छ । उनले खेल्ने पोजिसनका लागि शारिरिक तन्दुरुस्ती चुस्त रहनु जरुरी हुन्छ । स्पेनलाई पहिलेकै लयमा फर्काउनका लागि उनको प्रेरणामा स्पेनिस टोलीको शान्त र रचनात्मक प्रदर्शनबाट समर्थक र मिडियाको ध्यान आकृष्ट गर्न आवश्यक देखिन्छ ।

निक्कै अनुभवी खेलाडी इनिएस्टाले स्पेनिस टोलीबाट १०७ क्याप जितेका छन् । उनले स्पेनका लागि १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

तोमस रोसिस्क्की

उनको अहिलेको प्रदर्शनमा गिरावट आएन भने या उनी चोटग्रस्त बएनन् भने तोमस रोसिस्क्की चेक रिपब्लिकका निर्णायक भूमिकामा रहेका खेलाडी हुन् । चेक टोली मिडफिल्डरहरुको सन्तुलित प्रदर्शनबाट बनेको छ । रोसिस्क्कीजस्ता खेलाडीबिना चेकको मिडफिल्ड कसरी उँभो लाग्न सक्छ र ?

३५ बर्षको उमेरमा पनि उनको खेलकला उस्तै छ । सायद उनको पनि चेक टोलीबाट यो अन्तिम ठूलो प्रतियोगिता हो । चोटका कारण गत सिजन आर्सनलको बेन्चमै बिताएका उनले यसै बर्षदेखि आर्सनलसँगको सम्झौता सकिएपछि आफुलाई प्रमाणित गर्ने ‘प्ल्याटफर्म’ पाएका छन् । उनी राम्रोसँग खेल्न पाएनन् तथा सकेनन् भने यसको ठूलो असर चेक टोलीलाई पर्नेछ ।

रोसिस्की चेकका गोलकिपर पिटर चेकपछिका सबैभन्दा अनुभवी खेलाडी हुन् । चेक राष्ट्रिय टोलीबाट उनले १०३ खेल खेलेका छन् भने २३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment