+
+
Shares

फेल भएको भन्दै शिक्षकले कुट्दा १७ वर्षीया छात्रा बेहोस

मानव अधिकार आयोगको चासो, शिक्षकलाई कारवाही गर्न अभिभावकको माग

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ जेठ ३१ गते ११:२३

३१ जेठ, नवलपरासी । आन्तरिक परीक्षामा फेल भएको भन्दै विद्यार्थीलाई कुटपिट गर्ने दुई शिक्षकलाई कारवाही गर्न स्थानीय अभिभावकहरुले माग गरेका छन् ।  नवलपरासीको कावासोती नगरपालिका-४ हसौरास्थित सरस्वती उच्च माविको कक्षा १० की छात्रा नैनासरा बयम्बु मगरलाई शिक्षकद्वय सुरेन्द्र भुर्तेल र आनन्द अधिकारीले कुटपीट गरेका थिए ।

Nildam
शिक्षकको कुटाइबाट तिघ्रामा परेको निलडाम

शिक्षकको कुटाइबाट धौबादी-७ घर भएकी १७ वर्षीया छात्रा नैनासराको शरिरमा निलडाम छ । उनी बेलाबेलामा बेहोस् हुने गरेको बुवा भिमबहादुरले बताए ।

नैनासराका बुवा भिमबहादुरले छोरीलाई कुटेको भन्दै शिक्षकद्वय सुरेन्द्र भुर्तेल र आनन्द अधिकारीविरुद्ध इलाका प्रहरी कार्यालय नबलपुरमा उजुरी दिएका छन् । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई सुधार्ने बाहानामा भुर्तेल र अधिकारीले नैनासरालाई कुटपिट गरेका थिए ।

कुटपिटका कारण नैनसरा बेलाबेलामा बेहोस हुने गरेको र मानसिकरुपमा विक्षिप्त भएको बुवा भिमबहादुरको भनाइ छ । उनलाई आइतबार विहान मात्र चितवनको भरतपुर अस्पतालमा उपचार गरेर ल्याएको भीमबहादुरले बताए ।

‘छोरी अझै पनि बेलाबेलामा बेहोस हुने, तर्सने, आत्तिने गर्छिन्,’ भिमबहादुरले भने, ‘कुटपिटले शरीरमा निलडाम छ । मानसिक सन्तुलन पनि कमजोर भएको छ ।’

उनले शिक्षकलाई कारवाही र छोरीको उपचार गरीपाउँ भन्दै इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेका छन् ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले यस घटनाबारे चासो लिएको छ । आयोगको बुटवलको टोलीले घटनाबारेमा अनुगमन समेत गरेको छ । आयोगको टोलीले विद्यालयमा शिक्षक, अभिभावक, विद्यार्थीसँग भेटघाट गरी विस्तृत जानकारी लिएको छ ।

अभिभावकले प्रहरीमा दिएको उजुरी

Complain to Teacher

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?