Comments Add Comment

‘दर्पणछायाँ २’ को घोषणा, पुष्पसँगै सहारा र श्रद्धा लीड कलाकार

तर, पुरा हुन सकेन दीलिप, उत्तम र निरुतालाई खेलाउने चाहना

puspa shradha and sahara
निर्देशक तुलसी घिमिरेले १६ बर्ष अगाडि निर्देशन गरेको चलचित्र ‘दर्पणछायाँ’को सिक्वेल बन्ने भएको छ । यो चलचित्रको आज औपचारिक कार्यक्रम गर्दै घोषणा गरिएको छ ।

कार्यक्रमको सुरुवातमा शंख फुकेर स्वस्ती वाचन गरिएको थियो । यसपछि, चलचित्रका मुख्य कलाकारले गीतमा नृत्य गरे । ‘दर्पणछायाँ’मा समावेश ‘लहनाले जुरायो कि’को साथमा ‘दर्पणछायाँ २’मा समावेश ‘दर्पणमा छायाँ कति राम्रो ?’ बोलको गीतमा नृत्य गरेका थिए ।

यो चलचित्रमा मुख्य ३ जना कलाकार नै नयाँ हुने भएका छन् । निर्देशक तुलसी घिमिरेले ३ जना कलाकारलाई भविष्यका स्टार भन्दै सार्वजनिक गरेका छन् । चलचित्रमा मोडल पुष्प खड्काका साथमा २ नयाँ नायिका सहारा कार्की र श्रद्धा प्रसाइको मुख्य भूमिका रहनेछ । तर, चलचित्रमा आवद्ध कसैको पनि थर नलेखिने भएको छ । पुष्पले नाम पुष्पल राखेका छन् । puspa and sahara puspa and sahara dance
तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बन्ने यो चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् । सवु कार्की र रवि कार्की निर्माता रहने चलचित्रमा शिव ढकाल र रामेश्वर कार्कीको छायांकन, भारती घिमिरे एसोसियट निर्देशक रहनेछन् ।

रञ्जित गजमेर र चन्दन लोम्जेलको संगीत चलचित्रमा रहनेछ । चलचित्रमा सरोज खनाल, वीएस राना, शेर वहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिनाको पनि मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक तुलसी घिमिरेले भने-‘यसपटक यो चलचित्रमा सर्जकहरुको कथा भनिनेछ । सर्जकहरुले छाडेर गएको छायाँमा धुलो लाग्छ । तर, त्यो धुलो पुछेर सफा गर्ने कि झन् विगार्ने भन्ने कुरामा चलचित्र घुम्नेछ ।’darpan chaya team
‘दर्पण छायाँ’मा काम गरेर चर्चा पाएका दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंह यसपटक नदेखिने भएका छन् । मुख्यतया, ३ जना कलाकारको व्यस्तताले गर्दा काम गर्न नसकिएको तुलसीले बताए । यी तिनै जना कलाकारलाई अतिथी भूमिकामा खेलाउने चाहना तुलसीको थियो । चलचित्रको छायांकन बिहिबारबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment