Comments Add Comment

बेल्जियमका नयाँ कम्पनीः मेहनत र संघर्षले जन्माएको एउटा डिफेण्डर

Jason-Denayer

उनी बेल्जियम टोलीका नयाँ कम्पनी हुन् । उनमा बेल्जियमका तथा इंग्लिस क्लव म्यान्चेस्टर सिटीका स्टार भिन्सेन्ट कम्पनीका केहि बिशेषता झल्कन्छन् ।

उनको निकनेम हो ‘द न्यू कम्पनी’, उनको क्लव म्यान्चेस्टर सिटी, पोजिसन सेन्टर डिफेण्डर, उनको कला ‘स्ट्रङ, फाष्ट र टेक्निकल्ली उत्कृष्ट’, उनी पनि ब्रसेल्सकै हुन् र मिश्रति परिवारबाट प्रतिनिधित्व गर्छन् ।

र यसपालिदेखि संभवतः उनले बेल्जियमको राष्ट्रिय टोलीबाट कम्पनीलाई प्रतिस्थापन गर्न सक्छन् । आउनुहोस् तपाईंहरुलाई परिचय गराउँ यस्ता प्रतिभाशाली युवा खेलाडीको । उनी हुन्, जेसन डेनायेर ।

सायद उनको खेलस्तरबाट उनको स्वयम् परिचय नै काफी छ । तर, मुलुकका स्टार खेलाडीसँगको तुलना उनी इन्कार पनि गर्न सक्दैनन् ।केहि खेलको प्रतीक्षापछि बेल्जियमका प्रशिक्षक मार्क विल्मोट्सले उनलाई युरोकपको सुरुवातदेखि नै सेन्टर ब्याकको जिम्मेबारी सुम्पन सक्छन् ।

जब उनी सन् २०१४ मा म्यान्चेस्टरबाट लोनमा स्कटिस क्लव सेल्टिक गए, क्लवले गर्वका साथ उनलाई नयाँ कोम्पनीको रुपमा प्रस्तुत गर्‍यो । उनले त्यस प्रतिष्ठालाई क्षमता अनुसार प्रस्तुत गरे र उत्कृष्ट चुनिए ।

डेनायेर कम्पनीको पदचाप पछ्याउँदै पि्रमियर लिगको उत्कृष्ट डिफेण्डर बन्छन् बन्दैनन् त्यो समयले बताउँला । २० बर्षीय यिनले गत सिजन टर्कीस क्लव गालातासारेमा लोनमा बिताए । यस सिजनदेखि उनी सिटी फर्कँदैछन् र उनले आफ्नो क्षमताबारे नयाँ प्रशिक्षक पेप ग्वर्डिओलालाई जानकार गराउनेछन् भन्ने अपेक्षा छ ।

डेनाय, उनका प्रेरणा कोम्पनीजस्तो बहिर्मुखी स्वभावका छैनन् । उनी निक्कै लजालु छन् र शान्त प्रकारका छन् । तर, उनी विपक्षीप्रति भने बलिष्ठ र निक्कै प्रतिस्पर्धी छन् । जतिवेला उनी ५ बर्षका थिए, उनका पिताले ब्रसेल्सको स्थानीय टोली गान्शोरेनमा लगे । तर त्यहाँका प्रशिक्षकले उनलाई लिन मानेनन् । प्रशिक्षकको भनाइ थियो कि उनी निक्कै सानो थिए । बेल्जियममा ६ बर्षभन्दा कम उमेरका बालकलाई फुटबल प्रशिक्षण दिन पाइदैन ।

उनले त्यस दिनको स्मरण गर्दै भनेका छन् कि छ त्यतिबेला छक्क परेँ, जतिवेला पानी परिरहेको समयमा जुनियर मालान्डा -गत बर्ष कार दुर्घटनामा निधन भएका उल्फवर्गका मिडफिल्डर) मैदानमा दौडिरहेको देखेँ । त्यसबाट म पनि प्रभावित भएँ र अर्को बर्ष मलाई क्लवले लिने निश्चित भयो ।

त्यसपछि उनले तीव्र प्रगति गरे । ११ बर्षको उमेरमा बेल्जियमको सबैभन्दा ठूलो क्लव एन्डरलेक्टमा उनले ट्रायल दिए र पास भए । तर, टिम मेटले बल पास नदिने लगायतका समस्याका कारण उनको बाल मस्तिस्कले त्यसलाई रुचाएन र उनले पितासँग कुरा गरेर आफु पुनः गानशोरेन फर्कन चाहेको बताए । एन्डरलेक्टमा १२ महिना बिताएपछि उनी पुनः पुरानै क्लव फर्किए ।

उनको खेल जीवनको महत्वपूर्ण क्षण त्यतिबेला आयो, जतिबेला उनी १३ बर्षका थिए । बेल्जियममा भर्खरै खुलेको एकेडेमी थियो, जसलाई स्काउटले सञ्चालन गरेको थियो । उनले सम्झिए, ‘मेरो सबैभन्दा मिल्ने साथीमध्येको एक त्यही एकेडेमीमा थियो । उसले मसँग भन्यो कि उसले हरेक दिन चार घण्टा फुटबल खेल्छ । त्यसले मलाई मोहित बनायो ।’ उनले अघि भने, ‘एमेडेमीमा चार दिनको प्रशिक्षणको अन्त्यतिर म निक्कै थाकेको थिएँ । त्यसैबेला कसैले मलाई सुझाव दियो कि एक डिफेण्डरको रुपमा बाहिरी क्लवमा प्रयास गर ।’

सेसन सकिएपछि एकेडेमीका प्रशिक्षक मध्येका एक भिन्सेन्ट डेफोर उनको नजिकै आएर सोधे, ‘तिमी एउटा व्यवसायिक फुटबलर बन्ने सपना देखिरहेका छौ ?

डेनायेरलाई थाहा थियो कि उनी सानो छन् । तर, टेक्निकल रुपमा उत्कृष्ट उनले ट्रायल दिए र लक्ष्य पहिल्याए कि डिफेण्डर बन्छु । उनले ट्रायल पास भएपछि जेएमजी एकेडेमीसँग सम्झौता गरे त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

अफि्रकाका स्टार खेलाडीहरुको उत्पादन गर्दै बेच्दै आएका गुइलोउले बेल्जियममा पनि त्यस्तो अवधारणासहित एन्टवर्प शहर नजिकै टंगेर्लोमा एकेडेमी खोल्न चाहन्थे । व्यवसायिक क्लवहरुमा खेलाडी पठाउनका लागि यस्ता एकेडेमीको भूमिका निक्कै अहम् हुन्छ । उनी त्यस एकेडेमीमा अनुबन्ध भए ।

प्रदर्शनमा सुधार ल्याउनका लागि त्यहाँ नांगो खुट्टाले फुटबल खेलाइन्थ्यो । कठीन प्रशिक्षणपछि उनले त्यतिबेला आफ्नो भविश्यमाथि नै शंका गरेका थिए । उनी भन्छन्, ‘हाम्रो दिन बिहान सात बजेबाट सुरु हुन्थ्यो र राति साँढे १० बजे सकिन्थ्यो । बीचमा मात्र ९० मिनेट को छुट्टी हुन्थ्यो, त्यो समय साथीभाइ र परिवारलाई फोन गर्दैमा सहिन्थ्यो । यसबीचमा फुटबल खेल, पढ, खाउ, अनि सुत । १४ बर्षको उमेरमा म सजिलैसँग यस कठोर शासनलाई सामना गरिरहेको थिएँ ।’ उनले थपे, ‘मलाई अझै याद छ कि त्यहाँ ९ या १० बर्षका खेलाडीहरुपनि थिए । हरेक सोमबार, जव ब्रसेल्सबाट मिनिभ्यानमा उनीहरु टंगेर्लो आउँथे, रोइरहेका भेटिन्थे ।

यो एकेडेमीले उनलाई टिनएजमा हुनसक्ने बिकृतिबाट बचायो । बिगि्रने संभावना अधिक भएको उमेरमा उनी रातोदिन फुटबलमा व्यस्त हुन्थे । उनले भने कि एकेडेमीमा म भन्दापनि राम्रा केटाहरु थिए र, मेरो ध्यान मात्रै उनीहरुलाई कसरी जित्ने भन्नेमा केन्दि्रत हुन्थ्यो ।

जव १८ बर्षका भए, उनी एक डिफेण्डरका रुपमा शशक्त बनिसकेका थिए । शारीरिक रुपमा बलिया, द्रुत र स्मार्ट । बिना डर विपक्षीसँगको भीडन्तमा प्रस्तुत हुने । एकेडेमीले लिएर्स क्लवसँग साझेदारी गरेको थियो । त्यसबापत एकेडेमीले अर्ध व्यवसायिक रुपमा खेलाडी लान पाउथ्यो । तर, खेलाडीको लक्ष्य त्योभन्दा धेरै थियो । उनले भने, मैले त्यस प्रस्ताव ठाडै अस्वीकार गरेँ र व्यवसायिक क्लव खोज्न इंग्ल्याण्ड गएँ ।’

उनले लिभरपुलमा ट्रायल दिए तर, क्लव र खेलाडी सम्झौताको नजिक पुग्न सकेनन् । उनको अर्को चुनौति म्यान्चेस्टर सिटी थियो । ‘यो क्लवले निर्णय लिनको लागि १ महिनाको समय लगायो ।’ डेनायेर सम्झन्छन्, ‘त्यो मेरो जीवनको सबैभन्दा लामो समय थियो । तर, ढिलै सही जव मैले सम्झौतामा हस्ताक्षर गरेँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । मैले इलाइट डेभलपमेन्ट स्क्वाड -इडिएस) मा प्रशिक्षणको मौका पाएँ ।’

सन् २०१४ को प्रि-सिजन टूरमा अमेरिकाको भ्रमणमा रहेका बेला उनले म्यान्चेस्टर सिटीबाट केहि मिनेट खेल्ने अवसर पाए । उनले भने, ‘त्यतिबेला मेरो एजेन्टले मसँग भने कि सेल्टिकका प्रशिक्षक रोनी डेइलाले इडिएसबाट मैले खेलेका केहि खेल हेरेर मन पराएका रहेछन् ।’

उनले थपे, ‘प्रशिक्षकले मलाई बोलाए र टोलीमा समावेश गराउन सहमत गराए । मलाई एकातर्फ खुसी लागिरहेको थियो भने अर्कोतर्फ म डराएको पनि थिएँ । हामी रंगशालाको भ्रमणका क्रममा ड्रेसिङ रुममा प्रबेश गर्नुअघि मलाई मेरा पिताले भनेका थिए कि जेसन, तिमी एक व्यवसायिक खेलाडी हौ, त्यसैले टिममेटसँग त्यस्तै ब्यवहार गर्नु ।’

सेल्टिक पार्कमा उनले पहिलो खेल डण्डीको बिरुद्धमा खेलेका थिए । मैदान छिरेको मात्र ४ मिनेटपछि नै उनले गोल गर्न सफल भए । त्यसपछि त के चाहियो र । उनी भन्छन्, ‘जे हुनैपर्ने थियो त्यही भयो ।’

उनको टोलीले स्कटिस लिग र लिगकपको उपाधि जित्यो । त्यसबर्षको उत्कृष्ट युवा खेलाडी पनि चुनिए । सिनियर करिअरमा उनले उत्कृष्ट पहिलो सिजनले उनलाई लामो सपनामा ल्याइपुर्‍यायो ।

हो, एउटा साधारण केटा, उनकै जस्तो संघर्ष गरेर बेल्जियन जुपिलर प्रो लिगबाट करिअर सुरु गरेको थियो । उसको नाम थियो ः भिन्सेन्ट कम्पनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment