+
+
Shares

सेक्स दृश्यका कारण चित्रांगदाले छाडिन् फिल्म, निर्देशकको नियत के थियो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते १६:२०

chitragada sing hot
बलिउड हट नायिका चित्रांगदा सिंहले एक चलचित्र छाडेकी छिन् । चलचित्र ‘बाबुमोशाय बन्दुकबाज’मा काम गरेको ६ दिनपछि उनले यो प्रोजेक्ट छाडेकी हुन् । यो चलचित्रलाई कुशान नन्देले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा निर्देशकले नवाजुद्दिन सिंहसँग सेक्स दृश्यको डिमाण्ड गरेका थिए ।

चलचित्रको एक दृश्यमा नवाज चित्रांगदालाई तानेर वेडमा ल्याउँछन् । पहिलो टेकबाट निर्देशक खुशी भएनन् । उनले चित्रांगदालाई नवाजुद्दिनको माथि आउन आग्रह गरे । उनले भने-‘आफ्नो खुट्टा घोट अनि नवाजुद्दिनसँग सेक्स गर ।’

कुशानको आदेशले नायिका भड्किइन् । उनले कुशानलाई भनिन्-‘तिमी कसरि यत्रो यूनिटको अगाडि मेरो अपमान गर्न सक्छौ ।’ यति भनेर चित्रांगदा सेटबाट निस्किएकी थिइन् । उनी रुदै सेटबाट बाहिर निस्किइन् र नवाजुद्दिनसँग कुरा गर्दै चलचित्र छाडेको बताइन् ।

यस बिषयमा कुशानका साथीले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्-‘नायिकाले निर्देशकसँग विनाकारण बहस गरिरहेकी थिइन् । हामी कुनै पोर्न चलचित्र बनाइरहेका छैनौ । निर्देशकको पनि आफ्नो सोच हुन्छ ।’ मिडियाका अनुसार चित्रांगदा र कुशानको सम्बन्ध सुरुवातदेखि नै राम्रो थिएन । चित्रांगदाले आफूलाई दिएको पहिरनमा पनि आपत्ती जनाएकी थिइन् । उनलाई पेटिकोट र काटिएको ब्लाउज लगाउन भनिएको थियो, जसमा नायिकाले आपत्ती जनाएकी थिइन् ।

बलिउडमा केही चलचित्र गरेपनि चित्रांगदाको करिअर सुखद बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?