Comments Add Comment

ओली, देउवा र थापासहित १६ जनाविरुद्ध वेपत्ता छानविन आयोगमा उजुरी

Surendra-Basnet
उजुरी दर्ता गराउँदै भिमबहादुर बस्नेतका छोरा सुरेन्द्र

३१ जेठ, काठमाडौं । आफ्ना दुई छोराहरुलाई वेपत्ता पार्ने काममा संलग्न भएको भन्दै झापाका भिमबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध वेपत्ता छानविन आयोगमा उजुरी गरेका छन् ।

प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको दमक नगरपालिका-१ का बस्नेतका छोराहरु पुष्प र धिरेन्द्र १० वर्षे सशस्त्र युद्धकालमा काठमाडौंबाट वेपत्ता भएका थिए ।

पुष्पलाई काठमाडौंको कालिमाटीबाट र धिरेन्द्रलाई कलंकीबाट तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता पारेको उजुरीमा उल्लेख छ । उनीहरुलाई भैरवनाथ गणमा यातना दिएर राखिएको र पछि वेपत्ता पारेको पीडितको भनाइ छ ।

को-कोविरुद्ध पर्‍यो उजुरी ?

वेपत्ता पार्ने काममा संलग्न भएको भन्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहसहित दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध पनि उजुरी गरिएको छ ।

हालका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल र राप्रपा नेपालका अध्यक्ष एवम् हालका उपप्रधानमन्त्री कमल थापाविरुद्ध उजुरी गरिएको छ ।

Pushpa Raj and Dhirendra Basnet, Jhapa
वेपत्ता पारिएका पुष्पराज र धिरेन्द्र

यसैगरी तत्कालिन प्रधानसेनापति प्याराजंग थापा, तत्कालिन रक्षा सचिव, तत्कालिन गृहसचिवद्वय अनन्तराज शर्मा र चण्डिप्रसाद श्रेष्ठ, तत्कालिन प्रहरी महानिरिक्षक श्यामभक्त थापा, भैरवनाथ गणका ततकालीन गणपति राजु बस्नेत, तत्कालीन मेजर विवेक विष्ट, तत्कालीन क्याप्टेन इण्दिवर राणा र तत्कालिन सैन्य गुप्तचर विभाग प्रमुख दिलिप रायमाझीविरुद्ध पनि उजुरी परेको छ ।

बस्नेतका अनुसार पुष्पराजलाई २०६० साल मंसिर १९ गते दिउँसो कालीमाटीबाट र धिरेन्द्रलाई २०६० साल मंसिर २८ बिहान कलंकीबाट भैरवनाथ गणबाट आएका सेनाले नियन्त्रणमा लिएर वेपत्ता पारेका हुन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समेत पुष्प र धिरेन्द्रलाई राज्यपक्षबाट जबर्जस्ती वेपत्ता पारिएको उल्लेख छ ।

आमा चन्द्रकुमारी बस्नेतले २०६२ भदौ ७ गते बन्दी प्रत्यक्षीकरणको रिट अदालतमा हालेकी थिइन् । अदालतले पनि राज्यपक्षले उनीहरुलाई वेपत्ता पारेको ठहर गर्दै राहत तथा क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment