Comments Add Comment

रारा हेर्न आउनेलार्इ गाँसबासको समस्या

rara३२ जेठ, मुगु । रारा ताल अवलोकन गर्न अउने पर्यटकके संख्या पछिल्ला दिनमा वृद्धि भएको छ । नाग्म गमगढी मोटर बाटो स्तरउन्नति हुँदा रारा भ्रमणा केही सहज भएको छ ।

तर,  रारा ताल नजिक व्यवस्थित खानपानको अभावमा पर्यटकरू भोकै रहने अवस्था छ । निकुञ्ज नजिकै एउटा  होटल बाहेक ताल नजिकको क्षेत्रमा  पसलहरू नहुँदा समस्या भएको पर्यटकहरूको भनाइ छ ।

बाटो सहज भएपछि मुगुको गमगढीसम्म बस सञ्चालन भएको र ताल्च विमानस्थल कालोपत्रेपछि रारामा पर्यटक बढन थालेका छन् ।  नेपालगञ्ज, काठमाडैं लगाएतका ठाँउहरुबाट रारा छेउमा रहेको माथिल्लो मिली चौर सम्म सिधा जिप रिजर्भ गरि ल्याउन सकिने भएपछि रारा अवलोकन गर्न अाउनेको संख्या वृद्धि भएको हो । दैनिक २ सय भन्दा धरै रारा तालको अवलोकनको लागि पुग्ने गरेका छन् ।

रारा राष्ट्रिय निकुञ्जको नियमानुसार  ताल किनारमा घर तथा आवास निर्माण गर्न नपार्इने र ताल भन्दा बाहिरी क्षेत्रमा पनि सामान्य  होटल समेत नबनेकाले पर्यटकहरुले खानामा समस्या भाेग्दै अएका छन् ।

rara1राराको सुन्दरता देश तथा विदेशमा जति चर्चा परिचर्चा छ त्यतिनै मात्रामा यस ठाँउको बिकास नहुने हो भने बाटो मात्र पुगेर केहि नहुने स्थानीयके भनाइ छ । रारा वरिपरि आवश्यक होटेल तथा लज निर्माणका साथै आसपासका वस्तिहरुमा होम स्टेको विकास नगरेसम्म राराबाट कर्णालीवासीले फाइदा लिन नसक्ने उनीहरूको भनाइ छ ।

रारा आसपासमा खाना खाने र बास बस्ने  प्रयाप्त होटलहरुको उचित व्यवस्था नहुँदा रारा हेर्नेहरुले लामो बसार्इ समेत छोट्याउने गरेको स्थानीय युवा नेत्रबहादुर शाहीले बताए । राराको विकाससँगै यसको जैविक विविधता बचाउन र प्रदुषित हुन बाट रोक्न पनि त्यत्तिकै खाँचो रहेको उनको भनाइ छ ।  रारा पुग्न यातायातका साथै यसको चौतर्फी विकासका लागि सरकार, सम्बन्धित निकायहरु, कर्णालीका राजनीतिक दल र जिम्मेवार व्यक्तिहरुको समयमै ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment