Comments Add Comment

जो झोलामा ६ किलोको मुटु बोकेर १७ महिना बाँचे

BACKPACKशरीरको सबैभन्दा संवेदनशील अंग मुटु छातिभित्र हुन्छ र यसले अलिकति पनि काम गर्नमा गडबडी भयो भने मानिसको ज्यानै जानसक्छ ।

तर अमेरिकाका एक जना युवक पनि छातिभित्रको मुटुले पूरै १७ महिना काम नगर्दा पनि बाँच्न सफल भए । छातिभित्रको मुटुले काम नगरेर के भो त ? उनले १७ महिनासम्म बकाइदा आफ्नो लागि कामगर्ने मुटु २४ सै घण्टा झोलामा बोकिरहे ।

मिचिगनका २५ वषर्ीय स्टान लार्किन हो उनको नाम, जो मुटु विना १७ महिना बाँचे र अहिले मुटु प्रत्यारोपण गराएर प्राकृतिक अवस्थामै फर्किएका छन् ।

फेमेलियल कार्डियोमायोप्याथी नामक रोगका कारण उनको मुटुले काम गर्न छाड्यो । उनलाई तत्काल मुटु प्रत्यारोपण गर्नका लागि दाता भेटिएन । त्यसपछि मिचिगन फ्रेन्केल कार्डियोभास्कुलर सेन्टरका डाक्टरहरुले उनलाई एउटा कृत्रिम मुटु राखिदिए सन् २०१४ मा । झोलामा बोकेर हिड्नुपर्ने त्यो कृत्रिम मुटु सिन्कार्डिया झण्डै ६ किलोको थियो र त्यसको काम उनको सरीरमा रगत पम्प गर्नु नै थियो ।

लार्किनका दाईमा पनि उस्तै समस्या थियो । तर उनले लामो समयसम्म कृत्रिम मुटुको भाँडो बोकिरहनुपरेन । किनकी एकजना मुटुदाता छिटै भेटिएपछि सन् २०१५ मै उनको मुटुको शल्यक्रिया भयो । तर लार्किनले भने सामान्य जिवनमा फर्किन १७ महिना कुर्नुपर्यो ।

धन्य चिकित्सा विज्ञानको चमत्कारका कारण उनले नयाँ जिवन पाए । अब आफु सामान्य मानिस झैँ दौडिन सक्ने आशा उनमा छ । उनले आफुलाई नयाँ जिवन दिने डाक्टर तथा मुटुदातालाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment