३२ जेठ, अछाम । बाल इजलाससम्बन्धी घटनालाई निराकरण गरी टुङ्गो लगाउन अछाममा जिल्ला बाल न्याय समन्वय समिति गठन गरिएको छ ।
बाल इजलासका घटनाको छानबिन गरी कानुनी उपचार प्रदान गर्ने उद्देश्यल जिल्ला न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको हो ।
समितिका अध्यक्ष जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्गेनीको अध्यक्षतामा गठित समितिमा प्रजिअ कोशलराज शर्मा, प्रहरी प्रमुख निरञ्जनदत्त भट्ट, जिल्ला सरकारी कार्यालयका प्रमुख, महिला बालबालिका कार्यालय अछामका प्रमुख सदस्य छन् । सदस्य सचिवमा अदालतका श्रेस्तदार दीपेन्द्रनाथ योगी छन्।
बालन्याय कार्यविधि २०६३ बमोजिम समिति गठन गरिएको श्रेस्तदार योगीले बताए । बाल इजलासका मुद्दाको टुङ्गो लगाउन र कानुनी उपचार प्रदान गर्न समितिको गठन गरी काम थालनी गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4