Comments Add Comment

एमालेले जेष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस मनाउने

UML Party Office Dhumbarahi

३२ जेठ, काठमाडौं । नेकपा एमाले निकट मनमोहन स्मृति प्रतिष्ठानले विश्व जेष्ठ नागरिक दुर्व्यवहारविरुद्धको दिवस मनाउने घोषणा गरेको छ । बुधबार काठमाडौंमा र्‍याली निकाल्ने र जेष्ठ नागरिकलाई सम्मान गर्ने प्रतिष्ठानले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले नेता भरतमोहन अधिकारीले बुधबार दिउँसो साढे तीन बजे न्यूरोड पिपलबोटबाट बसन्तपुर डबलीसम्म र्‍याली निकाल्ने र जेष्ठ नागरिकलाई सम्मान गर्ने जानकारी दिए ।

राष्ट्रकवि माधव घिमिरे, सँस्कृतिविद सत्यमोहन जोशी, काठमाडौं महानगरपालिकाका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठ, जेष्ठ कम्युनिष्ट नेता बसन्त गौचनसहित डेढ दर्जन जेष्ठ नागरिकलाई सम्मान गर्ने अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२०१२ मा संयुक्त राष्ट्रसंघले जुन १५ तारिकमा जेष्ठ नागरिक दिवस मनाउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार नेपालमा पनि दिवस मनाउन लागिएको हो ।

सन् २०१५ मा नेपालमा जेष्ठ नागरिकहरुमाथि १ सय २९ वटा दुर्व्यवहारका घटना भएका पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment