Comments Add Comment

अनन्त भन्छन्- सबै टिम एकसे एक छन् तर जर्मनी दावेदार

Aananta Tamang (8)

युरोपका उत्कृष्ट २४ मुलुकका टोलीहरु अहिले फ्रान्सका एकत्रित भएका छन्, युरोकप २०१६ का लागि । आधुनिक फुटबलको जन्मदाता युरोपमा भइरहेको यस महामेलालाई विश्वभरका समर्थकहरुले नियालिरहेका छन् ।

नेपाली फुटबलका प्रतिभावान युवा डिफेण्डर अनन्त तामाङले पनि फ्रान्स युरोका सबै खेलहरु टेलिभिजन मार्फत हेरिरहेका छन् । जर्मनीलाई समर्थन गरिरहेका उनको फ्रान्स युरोबारेको टिप्पणी यस्तो छ ।

मैले बुझ्न थालेदेखिनै विश्वस्तरका ठूला प्रतियोगिताहरु हेरिरहेको छु । आखिर फुटबलर भएको नाताले ठूला प्रतियोगितामा हुने विश्वस्तरीय खेलाडीहरुको खेल हेरेर धेरै सिक्न पाइन्छ । यस युरोकपका खेलहरु हेरेर पनि मैले धेरै सिकिरहेको छु ।

मेरो मनपर्ने बिदेशी टोली जर्मनी हो । मैले फुटबल बुझ्न थालेदेखिनै जर्मनी मन पर्थ्यो । जर्मनीको टोटल फुटबल असाध्यै उत्कृष्ट लाग्छ । उसको पेस पनि राम्रो छ । मनपर्ने टोली हुनुका अलावा जर्मनी विश्व च्याम्पियन टोली हो । त्यसैले उ प्रतियोगिताको प्रमुख दावेदार हो । यो प्रतियोगिताको उपाधि जर्मनीले नै जित्छ जस्तो लाग्छ ।

व्यक्तिगत खेलाडीको नाताले मलाई रियल म्याडि्रड र स्पेनका डिफेण्डर सर्जियो रामोस मन पर्छन् । उनको कला, पेस र सन्तुलनता मलाई निक्कै मन पर्छ । मेरो आदर्श खेलाडी हुनुका नाताले आफुले खेल्ा पनि म उनैबाट प्रभावित हुन्छ । यसका अलावा जर्मनीका बोटिङ, इटालीका बेनुक्की मलाई मनपर्ने खेलाडीहरु हुन् ।

मैले झापामै हुँदादेखि युरोकप हेरेको हुँ । तर सन् २००८ को युरोकप हेरेपनि त्यति सम्झना छैन । तर गत संस्करणमा भने म एन्फा एकेडेमीमा थिएँ । प्रतियोगिताका सबै खेलहरु हेरेँ । त्यतिबेला जर्मनी सेमिफाइनलबाट बाहिरिएको थियो ।

युरोकपका खेलहरु साथीहरुसँग बसेर हेरिरहेको छु । म एन्फा एकेडेमीमै बस्छु । प्राय खेलहरु यहीँ हेरिन्छ । तर सप्ताहन्तका खेलहरु भने साथीहरु मिलेर रेष्टुरेन्टमा गएर हेरिन्छ । आगामी शनिबार जर्मनीको खेल छ । त्यस खेल बाहिर गएर हेर्ने योजनामा छु ।

यस युरोमा आयोजक फ्रान्स, जर्मनी, इटाली र स्पेनले सेमिफाइनलसम्मको यात्रा तय गर्छन भन्ने अनुमान छ । यद्यपी बेल्जियम, स्पेनपनि उत्कृष्ट छ । वास्तवमा यस युरोका सबै टोलीहरु एक से एक छन् । कमजोर आंकलन गरिएका टोलीहरुले ठूला भनिएका टोलीलाई दबाव दिइरहेका छन् । आयरल्याण्डले स्वीडेनबिरुद्धको खेलमा गरेको प्रदर्शन होस् या रसियाले इंग्ल्याण्डबिरुद्ध गरेको प्रदर्शन यसैको उदाहरण हो । त्यसैले यो युरो निक्कै प्रतिस्पर्धात्मक हुने निश्चित छ । यसले खेलको रोमाञ्चकता बढाउँछ भने हामीजस्ता समर्थकलाई पनि हर्न मज्जा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment