Comments Add Comment

कपिलबस्तुबासी भन्छन्- हामी असुरक्षित भयौं

सरकार र मानव अधिकार आयोगको ध्यानाकर्षण

Kapilbastu-Gyapanpatra

३२ जेठ, कपिलबस्तु । कपिलबस्तुबासीले आफूहरु असुरक्षित भएको भन्दै सरकार र राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।

थारु समुदायकी बोल्न नसक्ने महिला सशस्त्र प्रहरीका जवानहरुबाटै बलात्कृत भएपछि कपिलबस्तुबासीले आफूहरु असुरक्षित भएको बताएका हुन् । बलात्कारमा संलग्न एक जवानलाई नियन्त्रणमा लिइए पनि अरुलाई संरक्षण गरिएको स्थानीयको भनाइ छ ।

सरकारलाई सामूहिक ज्ञापन

मंगलबार जिल्लाका अधिकारकर्मीले घटनाको न्यायीक छानविन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ घिमिरेले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाइदिने र अपराधमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने प्रष्ट पारिन् ।

गृहमन्त्री, महिला बालबालिका मन्त्री, राष्ट्रिय मानब अधिकार आयोग, राष्ट्रिय महिला आयोग, प्रहरी महानिरिक्षक र सशस्त्र प्रहरी महानिरीक्षकलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जिल्लाका ४३ संघसंस्था, राजनैतिक दल, नागरिक समाज र सञ्चारकर्मीको सामूहिक हस्ताक्षर छ ।

मंगलबार राष्ट्रिय मानव अधिकार प्रतिष्ठान शाखा कपिलवस्तुले आयोजना गरेको मानवअधिकार शिक्षा अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले कपिलबस्तुमा हत्या हिंसा, बलात्कार, चोरी, लुटपाट, मानव बेचविखन, नाकाबन्दी, चक्काजामबाट हुने गरका मानवअधिकार हननका घटनाबाट आजित भएको बताए ।

कार्यक्रममा शान्ति समितिकी जिल्ला संयोजक मिना परियारले भनिन्, ‘सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी जवानबाटै हाम्रा आमा, दिदी, बाहिनीहरु असुरक्षित भएका छन् । हामीले कहिले मानवअधिकारको अनुभूति गर्न पाउने ?’

सगरमाथा वेलफेयर सोसाइटीका अध्यक्ष नेत्रप्रसाद बेल्वासेले २०६४ सालमा चन्द्रौटामा भएको हत्या र आगजनीपछि बोल्न नसक्ने महिलालाई हातखुट्टा बाँधेर गरिएको सामूहिक बलात्कारको घटनाले कपिलबस्तुबासीलाई झन् झस्काएको बताए । उनले बलात्कारमा संलग्न एकजना पक्राउ परे पनि अन्यलाई लुकाइएको भन्दै रोष प्रकट गरे ।

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दिपकजंग ध्वज कार्कीले मानवअधिकार हनन गर्ने जो कोहिलाई पनि अनुसन्धान गरी कार्वाही गर्न माथिल्लो निकायमा पेश गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment