३२ जेठ, काठमाडौं । अस्पतालमा मानिसहरु उपचार गर्न जान्छन् । तर ५२ वर्षीय गोपिकृष्ण बास्ताकोटीले एकाबिहानै अस्पताल पुगेर आत्महत्या गरेका छन् ।
चाबहिल बस्ने बास्ताकोटी घरबाट बिहान ५ बजे मर्निङ वाकका लागि निस्केका थिए । करिब ६ः४५ बजे काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल पुगे । उनी बेरोकटोक मुख्य भवनको चौथो तल्लामा उक्लिए । बरण्डामा निस्केर केहीबेर मोबाइलमा कुरा गरे । कागज र कलम खोजे । त्यसमा केही लेखे । जुत्ता मोजा खोले । अनि हाम्फाले ।
‘त्यो बिचमा को-कोसँग फोनमा कुराकानी भएको थियो हामी अनुसन्धान गर्दैछौं,’ गौशाला बृत्तका डिएसपी नवराज कार्कीले अनलाइनखबरसँग भने ।
बरण्डाबाट मान्छे खसेको देखेलगत्तै अस्पतालले बास्ताकोटीलाई उपचारका लागि भित्र लगेको थियो । तर छाती र टाउकोमा चोट लागेका उनलाई केहीबेरमै अस्पताललले मृत घोषणा गर्यो ।
बास्ताकोटीको साथबाट सुसाइड नोट भेटिएको छ । नोटमा उनले लेखेका छन्, ‘अस्पताललाई कुनै दोष नलगाउनु, सिधै लास बुझनु ।’
यसमा परिवारको पनि कुनै दोष नरहेको भन्दै उनले भाइको मोबाइल नम्बर समेत राखेका छन् ।
प्रतिक्रिया 4