+
+
Shares

नयाँ बसपार्कको बिजी मलमा मोबाइल एक्स्पो, हात खाली नजाने उपहार

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १७:५२

Busi-Mall
३२ जेठ, काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा केही समयअघि सञ्चालनमा आएको बिजी मलमा मोबाइल एक्स्पो आयोजना हुने भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित बिजी मलले यहि असार १ गतेदेखि ११ गतेसम्म बिजी मल मोबाइल एक्स्पोको आयोजना गर्न लागेको हो ।

एक्स्पो अवधिमा ग्राहले बिजी मलका सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहकमध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् ।
यसैगरि १० हजार रुपैंयाँभन्दा बढीको  सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन्  भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहकमध्ये २ जनाले नगद फिर्ता पाउने बताइएको छ ।

एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने मलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सबै ब्राण्डका मोबाइल एकै छाना मुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिने बताइएको छ ।

एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा टि्रपको उपहार पाउने मलले जनाएको छ । एक्स्पो अवधिभर उपहार प्राप्त गर्ने सबै ग्राहकहरुको नाम बीजी मलको फेसबुक पेजमा राखिने बीजी मलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?