काठमाडौं । यदि तपाईको मोबाइल फोनमा सुरक्षित गरिएका कुनै फोन नम्बर एक्कासी हराएमा के गर्नुहुन्छ ? अहिले फोन बोक्ने जोकोहीले पनि यस्ता समस्याहरू भोगिरहेका हुन्छन् जहाँ फोनको कन्ट्याक्ट लिस्टबाट अचानक फोन नम्बरहरु गायब भइन्छन् ।
वास्तवमा गुगल तथा जिमेलको गडबडीका कारणले गर्दा यस्तो हुने गर्दछ । कहिलेकाहीँ ह्याकरले गुगल अकाउन्ट ह्याक गरेर मोबाइलमा सेभ गरिएका फोन नम्बरहरु डिलिट गरिदिन सक्दछन् ।
स्मरण रहोस्, तपाईको एन्ड्रोइड स्मार्टफोनमा सेभ गरिएका फोन नम्बरहरुको सूची तपाईको जिमेल अकाउन्टसँग लिंक भएको हुन्छ । त्यसैले जब तपाईले आफ्नो जिमेल कुनै अर्को मोबाइलबाट लगइन गर्नुहुन्छ तब उक्त नयाँ मोबाइलमा पनि तपाईका सबै फोन नम्बर तथा गुगलमा सेभ भएका फोटो तथा भिडियोका साथै डकुमेन्ट पनि देखा पर्दछन् । त्यसैले आफ्नो जिमेलको सुरक्षा निकै महत्वपूर्ण हुन्छ ।
आफ्नो जिमेल अकाउन्टलाई ह्याकरबाट बँचाउनका लागि सबैभन्दा पहिलो काम भनेको जिमेलमा टू फ्याक्टर अथेन्टिकेसन सक्रिय बनाउनुहोस् । साथै समय समयमा पासवर्ड परिवर्तन गर्ने गर्नुहोस् र पासवर्ड पनि बलियो राख्नुहोस् ।
यदि कसैले तपाईको जिमेलबाट फोन नम्बरहरु डिलिट गरिदियो भने पनि ती सिधै डिलिट हुँदैनन् । उक्त फोन नम्बरहरुको सूची रिसाइकल बिनमा गएको हुन्छ, जहाँबाट तपाईले उक्त सम्पर्क नम्बरको सूचीलाई रिकभर गरेर आफ्नो मोबाइलमा फिर्ता ल्याउन सक्नुहुन्छ ।
यसका लागिः
- सबैभन्दा पहिले आफ्नो पर्सनल कम्प्युटर वा ल्यापटपमा जिमेल लगइन गर्नुहोस् ।
 - त्यसपछि जिमेलमा दायाँ माथिपट्टि ९ वटा थोप्लावाला अप्सन देखिनेछ ।
 - त्यसमा क्लिक गर्दा विभिन्न अप्सन देखिनेछन् । त्यसमध्ये Contact अप्सन छान्नुपर्नेछ ।
 - तत् पश्चात् एउटा नयाँ पेज खुल्नेछ, जसमा तपाईले सेभ गरेका फोन नम्बरहरुको सूची देखिन्छ
 
पेजको सबैभन्दा तल तपाईले tran वा Bin अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरिसकेपछि नयाँ पेज खुल्नेछ । त्यहाँ रिकभरको अप्सन देखिनेछ । त्यसमा क्लिक गरेपछि मोबाइल फोनबाट डिलिट भएका नम्बर फिर्ता पाइनेछन् । एजेन्सीको सहयोगमा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4