Comments Add Comment

देवताको डरले घरभित्र पस्दैनन् महिनावारी भएका महिला

chaupadi१ असार, काठमाडौं । ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन जाने बुझेका महिला पनि देवीदेवताको डरले महिनावारी भएका बखत घरभित्र नबसी गोठमै बस्ने गरेका छन् ।

महिनावारी भएका बेला घरभित्र बसे कुल देवताले आफूलगायत सन्तानलाई दुःख दिने भन्दै महिलाहरु परम्परागत रुपमै पाँचदेखि सात दिनसम्म गोठमा बस्ने गरेका छन् ।  शिक्षित र बुझेका महिलासमेत मुगु सदरमुकाममै घरभित्र बस्न मान्दैनन् । उनीहरुसमेत तीनदेखि पाँच दिनसम्म भान्सा र पानीसमेत नछोई बाहिरै बस्ने गरेका आजको अन्नपूर्णमा समाचार छ ।

महिला हिंसाको मुख्य कारक मुगुका महिलामा रहेको छाउपडी प्रथा भएकाले यसको उन्मूलनका लागि महिला तथा बालबालिका कार्यालयले अभियान नै चलाएको छ। जिल्लाका २४ गाविसमध्ये ६ गाविसहरु कार्कीबाडा, पिना, रोवा, रुगा, रारा र सेरीमा हिमाली ग्रामीण युवा समाज केन्द्र नामक संस्थाले छाउपडी सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । तर पनि मुगुका अधिकांश महिलाहरु रजश्वला भएका बेला घर बाहिर बस्दै आएका हुन् ।

केही बुझेका घरका पुरुषले महिनावारी भएका बेला सरसफाइ गरेर घरभित्र बस्न भने पनि महिलाहरु नै देवीदेवताको डरले बेला घरबाहिर बस्ने गरेका छन् ।

महिनाबारी भएका बेला घरभित्र बस्दा पोसिलो खाना र सरसफाइ गरे कुनै देवीदेवता नरिसाउने भन्दै सिकाए पनि महिलाहरु देवी देउताको डरले भित्र पस्नै नमान्ने हिरिसडेक मुगुकी अध्यक्ष माी रावल बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment