Comments Add Comment

निर्वस्त्र रेष्टुरेन्टमा मोटा मान्छे छिर्नै नपाउने

Japanese 'naked restaurantअर्को महिनादेखि जापानको टोकियोमा पहिलो निर्वस्त्र रेष्टुरेन्ट खुल्दैछ । मानिसहरु छिरेपछि नांगै भएर खानुपर्ने उक्त रेष्टुरेन्टले एउटा अनौठो नियम राख्ने भएको छ । त्यो के भने निश्चित तौल भन्दा बढि वजन भएका ग्राहकहरु रेष्टुरेन्टमा छिर्न पाउनेछैनन् ।

लण्डन र मेलवर्नमा खुलेका निर्वस्त्र रेष्टुरेन्टको बाटो पछ्याउँदै टोकियोमा खुल्न लागेको अमृता नामको उक्त रेष्टुरेन्टमा तौलको मात्र होइन उमेरको पनि पावन्दी लगाइनेछ । १८ वर्ष भन्दा मुनिका तथा ६० वर्षभनदा माथिका मानिसहरु रेष्टुरेन्टमा छिर्न पाउने छैनन् । रेष्टुरेन्टमा छिरेपछि ग्राहकहरुले आफ्ना कपडा फुकाल्नेछन् र त्यहाँ दिइएका कागजका अन्डरवेयर लगाउनेछन् ।

रेष्टुरेन्टको वेबसाइटमा लेखिए अनुसार उचाइको अनुपातमा १५ किलो बढि तौल भएमा रेष्टुरेन्टमा बस्न पाइने छैन । बढि मोटोे जिउ भएका मानिसहरुलाई छुट्टाएर सुरुमै तौल गरिन्छ र बढि तौल हुनेलाई निष्कासन गरिन्छ ।

जुलाई २९ तारेखमा यो रेष्टुरेन्ट खुल्नेछ । यो रेष्टुरेन्टमा अनलाइन मार्फत बुकिंग गर्नुपर्नेछ । पहिले नै पैसा तिरेर बुकिंग गरिसकेपछि तौल वा उमेरका आधारमा रेष्टुरेन्टको सेवा लिन अयोग्य भएमा पनि पैसा फिर्ता नगरिने रेष्टुरेन्टले आफ्नो वेबसाइटमा जनाएको छ ।

मोटेहरुले रेष्टुरेन्टमा छिरेर दिक्कलाग्दो व्यवहार देखाएको भन्ने लण्डनस्थित रेष्टुरेन्टका ग्राहकको गुनासोपछि टोकियोको रेष्टुरेन्टमा यस्तो नियम बनाइएको प्रवक्ताले जनाएका छन् ।

अर्को रोचक कुरा त के भने जिउमा टाटु खोपेकाहरुलाई पनि रेष्टुराँभित्र प्रवेश निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment