+
+

जसको सेल्फीले खोसिदियोे रोजी रोटी

 बीबीसी हिन्दीको सहयोगमा बीबीसी हिन्दीको सहयोगमा
२०७३ असार १ गते ११:२७

selfi_story_promotion_सेल्फी अर्थात् आफै खिचिएको आफ्नो फोटो । सेल्फी संस्कृति बढेसँगै मानिसलाई आफ्नो फोटो खिचिदिनका लागि कोही खेतालो खोज्नुपर्ने झण्झट त हटेको छ, तर यसले धेरै मानिसको रोजीरोटी नै खोसिदिएको छ ।

सेल्फी संस्कृति मौलाउँदै जाँदा पर्यटकीय स्थलहरुमा फोटो खिच्ने पेशा अपनाएका फोटोग्राफरहरुको जिन्दगी निकै मुस्किल बनेको छ, सायद यसतर्फ कसैको ध्यान गएको छैन ।

गलामा क्यामरा भिर्ने, हातमा आफैले खिचेका विभिन्न मानिसहरुका हँसमुख तस्वीरहरु देखाउने र टाउकोमा विशेष खालको ह्याट लगाउने यस्ता पेशेवर फोटोग्राफरहरु टाढैबाट चिनिन्छन् ।

मुम्बइको जूहू तटमा यस्ता ४१२ जना क्यामराम्यान छन् जसले प्रति तस्वीर १० देखि ३० भारुको हिसाबले पर्यटकको फोटो खिचेर प्रिन्ट निकालिदिन्छन् ।

selfi_photo_3२७ वर्षका मन्सुर ४ वर्ष पहिले खेती मजदूरी छाडेर राम्रो जिन्दगीको खोजी गर्दै बिहारबाट मुम्बइ हानिए । जहाँ साथीहरुसँग भेटेसँगै उनी फोटो खिच्ने काम गर्न थाले ।

मुम्बइ आएपछि केही समयसम्म मजदुरी गरेको, साहुसँगै क्यामराको काम सिकेको र पछि आफ्नै क्यामरा किनेको उनी बताउँछन् ।

४ वर्ष पहिले दिनमा सयौँ ग्राहकको फोटो खिच्थे उनले । तर अहिले भने मुस्किलले दिनमा १०।२० जना मात्र ग्राहक फेला पर्दछन् ।  यसबीचमा फोटो प्रिन्टको लागत पनि बढेको छ र उनले ग्राहकबाट प्रति फोटो ३० भारु लिने गरेका छन् । यसो गर्दा उनलाई प्रतिफोटोको १०।१५ भारु मुनाफा हुन्छ ।

मन्सूरजस्ता धेरै पर्यटनस्थलका फोटोग्राफरहरुकेा रोजी रोटी सेल्फी संस्कृतिले कहिले खोस्यो, कसैलाई थाहा छैन । असंगठित रुपमा काम गरिरहेका यी फोटोग्राफरहरु २०।२५ जनाको साना साना समूहमा काम गर्दछन् ।

selfi_photo_4वास्तवमा डिजिटल भैसकेको यो दुनियामा प्रिन्टेड फोटो बितेको जमानाको कुरा बनिसकेको छ । अनि क्यामराम्यानले खिच्ने गुणस्तरका फोटोहरु मानिसहरुले आफ्नै मोबाइल फोनबाट खिच्न सक्ने भएका छन् ।

मन्सूर र उनका साथीहरुको सेल्फीसँग कुनै गुनासो छैन तर सरकारले आफ्नो लागि केही गरिदेओस् भन्ने चाहना छ । फोटोग्राफरहरुका लागि एउटा स्थान छुट्टाइदिने र त्यहाँ गएर केवल फोटोग्राफरहरुले मात्र फोटो खिच्न पाउने व्यवस्था गरिदिए राम्रो हुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?