Comments Add Comment

अल्बानियाविरुद्ध फ्रान्सले ग्रिजम्यान र पोग्बालाई ड्रप गर्ला ?

Team

विश्व फुटबलमा भनिन्छ, ‘तपाईंले आफ्नो जीतको शुत्र बदल्नु पर्दैन ।’ बदल्नुपर्‍यो पनि किन ? जव टोलीले राम्रो प्रदर्शन गरिरहेको छ र, आत्मविश्वास राम्रो छ । अझ बिशेष गरी तपाईंको सुरुवाती टोली उत्कृष्ट छ भने ।

प्रदर्शन उल्लेखनीय नरहेपनि फ्रान्सले घरेलु मैदानमा अयोजित युरोकपको सुरुवाती खेलमा गत शुक्रबार रोमानियालाई २-१ ले हरायो । दिमित्री पायेटले खेलको अन्त्यतिर गरेको अद्भूद गोलको सहयोगमा फ्रान्सले युरोमा सुखःद सुरुवात गर्‍यो ।

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प बुधबार मार्सेलीमा हुने अल्वानियाबिरुद्धको खेलमा अगाडि रहेका केहि विकल्पबारे बिचार गरिरहेका छन् ।

उद्घाटना खेलमा घरेलु टोली फ्रान्सको सबैभन्दा बढि निराशा मुख्य स्ट्राइकर एन्टोनी ग्रिजम्यानको लयमा थियो । एथ्लेटिको म्याड्रिडका स्ट्राइकर ग्रिजम्यानलाई डेसच्याम्पले ६६ औं मिनेटमा सब्सिच्युड गराए, जुन उनीमाथिको अविश्वसनीय थियो ।

पहिलो हाफमा उनले दुई उत्कृष्ट मौका खेर फालेका थिए । उनीबाट फ्रान्सले त्यस्तो अपेक्षा गरेका थिएन । ग्रिजम्यान थकित देखिन्थे । यो ठीकै पनि हो, उनले यस सिजन उनले क्लव र टोलीका लागि ६४ खेल खेलेका छन् ।

२५ बर्षीय उनले यो सिजन अविश्वसनीय रुपमा ५०३२ मिनेट मैदानमा बिताएका छन् । जारी युरोमा रहेका स्टार खेलाडीहरुमध्ये यो सबैभन्दा धेरै आँकडा हो । अन्य स्ट्राइकरहरु रोवर्ट लेभान्डोस्कीले ४९२०, ज्लाटन इव्राहिमोबिच ४८४०, क्रिष्टियानो रोनाल्डो ४७३६, थोमस मुलरले ४५३७ मिनेट यस सिजन मैदानमा बिताएका छन् । जवकि फ्रान्सका उनका टिममेट ओलिभर जिरोडले उनीभन्दा १००० मिनेट कम मैदानमा बिताएका छन् ।

यतिमात्र होइन, ग्रिजम्यानको एथ्लेटिकोमा खेल्ने शैलीपनि फरक थियो । उनी मैदानको अगाडि, पछाडि उत्तिकै पुग्थे, पूरै सिजन उनी डिफेण्डरसँग नजिक रहेर खेले । उनको प्रदर्शनले यो बताउँछ कि उनी थकित छैनन् ।

तर, प्रशिक्षक डेसच्याम्पले अल्वानियाबिरुद्धको खेलमा निश्चतरुपमा उनलाई आराम दिनेबारे सोचिरहेका छन् ।

कुरा उनको थकानको मात्र होइन । फ्रान्सेली राष्ट्रिय टोलीबाट ग्रिजम्यानकै जस्तो प्रदर्शन दिमित्री पायेटले गरिरहेका छन् ।

र, एक जंगलमा दुई सिंह राख्नुहुन्न भन्ने प्रशिक्षक डेसच्याम्पलाई राम्रोसँग थाहा छ । दुवै खेलाडी एकै समयमा मैदानमा राखिनुले पनि ग्रिजम्यानले खुलेर खेल्न पाएनन् कि ? उनी स्वभावतः दायाँ क्षेत्रबाट घुसेर पेनाल्टी एरियामा खेल्न माहिर मानिन्छन् ।

पायेट पनि केन्द्रमा रहेर मौका सृजना गर्न सहज ठान्छन् । गत शुक्रबारको खेलमा दुई स्ट्राइकर अक्सर एकै स्थानबाट खेलिरहेका देखिन्थे ।

पायेटको प्रदर्शन उत्कृष्ट थियो, पेस राम्रो थियो तर, त्यसको विपरित गि्रजम्यान थकित देखिन्थे । प्रशिक्षक डेसच्याम्प केहि नयाँ गर्नेबारे सोचिरहेका छन् । उनले ग्रिजम्यानको स्थानमा किंग्स्ले कमन या एन्थोनी मार्सललाई मौका दिन सक्नेछन् ।

एक अर्का खेलाडी छन्, जसलाई अल्वानियाबिरुद्धको खेलमा आराम दिनुपर्ने चर्चा चलेको छ, उनी हुन् पल पोग्वा । ग्रिजम्यानजस्तै गतिशील, युभेन्टसका मिडफिल्डर पोग्वाले यो सिजन ४९८८ मिनेट मैदानमा बिताएका छन् । २३ बर्षीय पोग्बाले आफ्नो क्लवमा बिशेषगरी दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्ने गर्का छन् । तर फ्रान्सेली टोलीबाट भने उनको प्रदर्शन औसतमात्र छ । केहि खेलको अन्तरालमा उनी चम्कन्छन् । कुन खेलमा राम्रो गर्छन् भन्न सकिन्न ।

सबैलाई थाहा छ कि पोग्वा प्रतिभाशाली छन् र उनको विकल्प फ्रान्सेली टोलीमा भेटिन मुस्किल छ । उनी कठीन कुरालाई हिज बनाउन प्रयास गर्छन् ।

उनीबाट फ्रान्सले जे अपेक्षा गरेको थियो । गत शुक्रबारको खेलमा त्यस्तो देखिएन, त्यसैले उनी ७७औं मिनेटमा सब्सिच्युड गरिए ।

यदि ग्रिजम्यान र पोग्वालाई आराम दिइयो भने फ्रान्सले ४-२-३-१ को फर्याटमा अल्वानियाबिरुद्ध खेल्नेछ । जसमा राक्षापंक्तिभन्दा अगाडि माटुइडी र कान्टे खेल्नेछन्, दायाँ र बायाँ क्षेत्रमा कमन र मार्सल हुनेछन् र भने पायेटले पूर्न १० नम्बरको पोजिसनमा ओलिभर जिरोडको पछाडि रहेर खेल्नेछन् ।

४-३-३ को पोजिसन पोग्वा र ग्रिजम्यानका लागि उपयुक्त थियो । तर, ४-२-३-१ को फर्म्याट फ्रान्सेली टोलीका लागि निक्कै राम्रो व्यवस्था हो र यो फ्रान्सको योजना-२ हो । पायेट फ्रान्सका लागि आदर्श बन्न सक्छन्, किनकि उनले गत शुक्रबारको खेलमै देखाइसकेका छन् कि उनी फ्रान्सेली टोलीबाट कति आक्रामक देखिन्छन् । यसबाट के बुझ्न सकिन्छ भने प्रशिक्षक डेसच्याम्पले सबैभन्दा महत्वपूर्ण पोजिसन आल्वानियाबिरुद्धको खेलमा उनलाई दिनेछन् ।

फ्रान्सेली प्रशिक्षक डेसच्याम एक व्यवहारिक व्यक्ति हुन् । उनी एक विजेता हुन् र जित्नका लागि जे पनि गर्न सक्छन् । पोग्वा र ग्रिजम्यानमध्ये एकलाई अथवा दुवैलाई आराम दिनसक्छन् । तर, एकाथरीको तर्क के छ भने समूह ‘ए’ को सबैभन्दा कमजोर टोली अल्वानिया भएको नाताले दुवै खेलाडीलाई यस खेलमा खेलाएर उनीहरुको गुमेको फर्व फिर्ता ल्याउने आत्मविश्वास तयार गर्न सहयोग गर्नुपर्छ । धेरै मानिसहरुले यी स्टार खेलाडीलाई बेन्चमा थन्क्याइएमा फ्रान्सको ठूलो गल्ति हुने औल्याउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment