Comments Add Comment

सिप्रियन टाटारुसारु भर्सेस जर्दान साक्विरी

Players to  Watch

स्टानसिउको खेलकला र फ्लोरिन एण्डोनको अग्रपंक्तिमा देखिने सक्रियताका बाबजुद रोमानियालाई लक्ष्य भेट्टाउनको लागि सुरक्षित ‘हात’को आवश्यकता पर्छ । टाटारुसारु गत शुक्रबार रागि फ्रान्सको बिरुद्ध त्यति उत्कृष्ट थिएन । तर रोमानियाली समर्थकहरु आजको खेलमा उनी लयमा फर्कने विश्वास व्यक्त गरेका छन् ।

यद्यपी ओलिवर जिरोर्डले स्वीकार गरेका छन् कि फ्रान्स बिरुद्धको पहिलो गोलमा उनले हेड गर्नुअघि किपरमाथि फल गएको थियो । तर टाटारुसारु निक्कै शशक्त रुपमा प्रस्तुत हुन्छन् । ३० बर्षीय उनको बलमाथिको प्रभाव मैदानमा उत्कृष्ट देखिन्छ ।

तर ढिलो गति, बलमाथिको प्रतिक्रिया चुस्त लिन नसक्नु टाटारुसारुको दुर्भाग्य क्षण रोमानिया र फियोरेन्टिनाका समर्थकको लागि नौलो कुरा होइन ।

तर खुसीको कुरा के हो भने आत्मविश्वासका साथ उनले आलोचकहरुलाई दवाव दिइरहेका हुन्छन् । लयमा रहेका बेला निक्कै समर्पित र ध्यानमग्न रहने यी गोलकिपर स्वीर स्ट्राइकरका लागि चुनौति बन्नेछन् । साँढे ६ फिट अग्ला यी गोलकिपरले रोमानियाका लागि ३७ खेल खेलेका छन् ।

जर्दान सास्विरी, मिडफिल्डर, स्वीट्जरल्याण्ड

सन् २०१४ को ब्राजिल विश्वकपमा २४ बर्षीय मिडफिल्डर साक्विरीको हृयाट्रिकको सहयोगमा स्वीस टोली होण्डुरसलाई हराउँदै नकआउट चरणमा पुगेको थियो । यस युरोमा पनि स्वीस समर्थकले उनीबाट यस्तै अपेक्षा गरेको छ । उनलाई पनि त्यस्तो मौका पुनः जुरेको छ ।

स्वीस टोलीका खेलाडीमध्ये इंग्लिस क्लव स्टोक सिटीका मिडफिल्डर साक्विरीबाट सबैभन्दा धेरै अपेक्षा प्रशिक्षकले गरेका छन् । उनी दुई स्ट्राइकरभन्दा पछाडि रहेर खेल्न मन पराउँछन् र दायाँ क्षेत्रबाट आक्रमण गर्न माहिर मानिन्छन् । लामो दूरीबाट सर्ट प्रहार गरेनमा माहिर उनी फि्रकिक र कर्नरबाट पनि विपक्षी पोष्टमा आक्रमण गर्न निपूर्ण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment