+
+
Shares

विद्युत् प्राधिकरणका लेखापालविरुद्ध आरोपपत्र दायर

रासस रासस
२०७३ असार १ गते १८:५२

१ असार, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत लेखापाल सत्येन्द्रनारायण सिंहलाई नक्कली शैक्षिक योग्याताको प्रमाणपत्र पेस गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

Nepal-Electricityलेखापालले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना, भारतबाट सन् १९८४ मा एसएलसी तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएकाले निजउपर आरोपपत्र दायर गरेको हो ।

आयोगले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?