Comments Add Comment

रोमानिया र स्विट्जरल्याण्डले अंक बाँडे

Switzerland-Vs-Romania

काठमाडौं । रोमानियाले युरो कप २०१६ मा पहिलो अंक प्राप्त गरेको छ भने स्विट्जरल्याण्ड नकआउट चरण नजिक पुगेको छ ।

पेरिसमा भएको खेलमा एडमायार मेहमेदीको शानदार भलीको मदतमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ को बराबरी खेलेको छ । जित हात पारेको भए स्विट्जरल्याण्डले नकआउट चरणमा प्रवेश गर्ने थियो । तर, अन्तिम खेलसम्म कुर्नु पर्ने भएको छ ।

पेरिसमा भएको खेलमा स्विट्जरल्याण्डले १८ औं मिनेटमा गोल खानु अघि हृयारिस सिफोरोभिचले दुई मौका खेल फालेको थियो । रोमानियाका बोगडन स्टानकुले पेनाल्टीमार्फत गोल गर्दै टोलीलार्इ अग्रता दिलाए ।

स्विट्जरल्याण्ड बल पोजिसनमा हावी भएपनि गोल गर्न भने ५७ औं मिनेटसम्म कुर्नु परेको थियो ।

जितको प्रयासमा स्वीसले खेलको अन्तिम ३० मिनेटमा उसले युवा खेलाडीलाई ब्रियल एम्बेलोलाई मैदान प्रवेश गराए । तर, रोमानियाले नक आउट चरणको सम्भावना कायमै राखेको छ ।

स्विट्जरल्याण्डले अल्बानियाविरुद्धको खेलमा जस्तै गोल गर्ने अवसरहरु सृजना नगरेका होइनन् । तर, फिनिसिङमा समस्या कायमै रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment