Comments Add Comment

एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने

SLC-Exam-at-Rautahat२ असार, काठमाडाैं । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ ।

शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो ।

एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भर्ना हुनबाट बञ्चित नहुने शिक्षा मन्त्रालयले जनाएको छ । तर, कमजोर ग्रेड भएका विद्यार्थीले रोजेको विषय पढ्न पाउने छैनन् । साइन्सका लागि न्युनतम जिपिए २.० हुनुपर्ने र बिभिन्न विषयको न्युनतम ग्रेड फरक निर्धारण गरिएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उच्च माध्यमिक शिक्षा परिषद र सिटिइभिटिसंग छलफल गरी शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना पाउने आधार बुधबार तय गरेको हो । परिषदका उपाध्यक्ष चैतन्य शर्माले ‘स्पेशिफिक’ भएर भर्नाको आधार तोकिएको बताए ।

नम्बरका आधारमा ग्रेड ९० र त्यसभन्दा माथि ए प्लस, ८० र त्यसमाथि ९० भन्दा कमलाई ए, ७० र त्यसमाथि ८० भन्दा कम बी प्लस, ६० र त्यसमाथि ७० भन्दा कम बी, ५० र त्यसमाथि ६० भन्दा कम सी प्लस, ४० र त्यसमाथि ५० भन्दा कम सी, ३० र त्यसमाथि ४० भन्दा कम डी प्लस, २० र त्यसमाथि ३० भन्दा कम डी, २० भन्दा कम ई ग्रेड निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment