Comments Add Comment

बाउछोरीले चलाएको रेष्टुराँ, जहाँ ग्राहकलाई सेक्स पस्किइन्छ

beijings-fetish-restaurant-teases-with-lobster-and-sex_1रेष्टुरेन्टमा सेक्स पस्किन्छ भन्ने कुरा सुन्दा बित्तिकै तपाइँले अड्कल काट्नुभयो होला त्यो रेडलाइट एरियाको कुनै रेष्टुरेन्ट हो जहाँ यौनधन्दा हुन्छ । तर होइन, यो रेष्टुरेन्ट त्यस्तो अनैतिक क्रियाकलापको अखडा होइन । तर पनि यसले ग्राहकलाई सेक्स पस्किरहेको हुन्छ ।

हो चीनको बेइजिंगस्थित एस एण्ड एम रेष्टुरेन्टले ग्राहकलाई सेक्स टक्राउँछ । वास्तवमा यो रेष्टुरेन्टका हरेक चीन सेक्सको अवधारणामा आधारित छन् । रेष्टुरेन्टका सबै तस्वीरहरु यहाँ देखाउन नमिल्ने खालका अश्लील समेत छन् ।

त्यहाँ वक्षस्थल आकारको कप छन् भने बियर खोल्ने ओपनर लिंग आकारको छन् । वेटरले लगाउने एप्रोनमा यौनक्रिडाका चित्रहरु कोरिएका छन् । त्यस्तै दराजहरुमा नग्न खेलौनाहरु रहेका छन् । रेष्टुरेन्टका हरेक भित्ताहरुमा सेक्सका साधन तथा नग्न महिलाहरुका चित्रले रंगाइएको छ । रेष्टुरेन्टको ढोकादेखि भित्र सबै कुनाकाप्चासम्म यस्तो ठाउँ छैन जहाँ सेक्स नपस्किएको होस् ।

यो रेष्टुरेन्टकी मालिक्नी २७ वषर्ीया लुलुका अनुसार त्यहाँ मिठो भोजनसँगै सेक्सको दृश्यात्मक आनन्द ग्रहण गर्न सकिन्छ । लुलुका अनुसार विगत पाँच हजार वर्षदेखि भोजन र सेक्स मानिसका आधारभुत आवश्यकताका रुपमा रहेका छन् । मानिसलाई सबैभन्दा पहिले यी दुइवटा कुराको भोक जाग्दछ । त्यसैले यो रेष्टुरेन्टलाई यस्तो डिजाइनमा ढालिएको छ की यहाँ छिर्ने ग्राहकले सबै कुरा भुलेर सम्पूर्ण सन्तुष्टि प्राप्त गर्न सकोस् ।

झण्डै एक वर्ष पहिले लुलुले आफ्नै बुवासँग मिलेर यो रेष्टुरेन्ट खोलेकी हुन् । यस्तो रेष्टुरेन्ट खोल्ने छोरीको कुरा सुनेर सुरुमा त उना बुवा हिचकिचाए, तर पछि तयार भए । लुलुका पिताले रेष्टुरेन्टमा भान्साको जिम्मा सम्हाल्दछन् ।

रेष्टुरेन्टको दृश्य मात्र अश्लील छैन खानेकुराको नाम पनि अश्लील नै राखिएको छ ।

लुलु सम्बन्ध विच्छेद गरेर एक्लै बसेकी महिला हुन् । उनका अनुसार सेक्स निकै गम्भीर तथा जरुरी विषय भएकाले यस विषयमा खुलेर बहस हुनु आवश्यक छ । आजको युवापिँढीले सेक्सको विषयमा लगातार खोजविन गरिरहेको हुन्छ । आफ्नो रेष्टुरेन्टले केही हदसम्म युवाहरुको जिज्ञासा मेटाउने लुलुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment