Comments Add Comment

जेमी भर्डी भर्सेस अरोन राम्से

810 (1)

फ्रान्स युरो अन्तर्गत आज साँझ समूह ‘बी’ को बहुप्रतीक्षित इंग्ल्याण्ड र वेल्स आमनेसामने हुनेछन् । ग्रेट बि्रटेन अन्गर्गतका दुई मुलुकहरु इंग्ल्याण्ड र वेल्स चीर प्रतिद्धन्दी हुन् । स्टार खेलाडीले भरिएको इंग्ल्याण्ड र संगठित रुपमा बलियो देखिएको बेल्सको खेल हेर्नलायक हुनेछ ।

जेमी भार्डी, स्ट्राइकर

तर उनी आज सुरुवाती टोलीमै समावेश हुन्छन् हुन्नन् निश्चित छैन । किनकि समूहको पहिलो चरणको खेलमा रसियाबिरुद्ध इंग्लिस टोलीको प्रदर्शन निक्कै उत्कृष्ट थियो । जुन खेलमा भर्डीलाई बेञ्चमै आराम दिइएको थियो ।

इंग्लिस टोली यसपटकको युरोमा वास्तवमै उत्कृष्ट त छ तर यो टोली लयमा देखिदैन । यो उसका लागि ठूलो समस्याको रुपमा रहेको छ । इंग्ल्याण्डलाई यो समस्याबाट पार लगाउन सक्ने क्षमता भएका अरु कोहि होइनन् उनै भार्डी हुन् । जसले यसै सिजन लिसेस्टर सिटीबाट जीवनकै उच्च सफलताका रुपमा प्रिमियर लिगको उपाधि उचालेका थिए ।

यहाँ हृयारी केनको धेरै चर्चा हुने गरेको छ । तर उनी आजको खेलमा सुरुवाती टोलीमा नपर्न सक्छन् । उनको स्थान ड्यानिएल स्टुरिजले लिने संभावना छ । तर २२ बर्षीय टोटनहृयाम स्ट्राइकर केनको प्रदर्शन मैदानमा निक्कै सक्रिय हुन्छन् । यदि प्रशिक्षक रोय हट्सनले केन र भर्डीको संयोजन मैदानमा मिलाउन सकेभने इंग्ल्याण्डको लय छिट्टै फर्कनेछ ।

अरोन राम्से, मिडफिल्डर

वेल्स राष्ट्रिय टोलीका ब्याक बोन हुन् मिडफिल्डर अरोन राम्से । राम्से र स्ट्राइकर ग्यारेथ बेलको संयोजनका कारण वेल्स फुटबलले पछिल्ला केहि बर्षमा निक्कै फड्को मारिसकेको छ । पहिलो पटक युरोमा सहभागी भएको वेल्सले सुरुवाती खेलमा स्लोभाकियालाई पराजित गरेको थियो । त्यस खेलमा वेल्सका रब्सन कानुले गरेको गोलका लागि बल उनैले उपलब्ध गराएका थिए ।

स्लोभाकियाबिरुद्धको खेलमा केहि उत्कृष्ट पासहरु र रोमाञ्चक क्रसबलमा माहिर मानिएका उनमा आत्मविश्वासको कमी देखिएको थियो । इंग्ल्याण्डजस्ता टोलीबिरुद्धको प्रदर्शनका लागि स्टार खेलाडीहरुको अवश्यकता पर्छ । आर्सनल स्टार राम्से जोय एलेनको साथमा उत्कृष्ट सन्तुलन मिलाएर मिडफिल्डबाट खेलिरहेका छन् । वेल्सले आजको खेलमा पनि उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment