Comments Add Comment

पूर्व मुमाबडामहारानी रत्न अस्वस्थ, उपचार गर्न अस्पताल लगियो

Ratna-Shah२ असार, काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । ८८ वर्षीया शाहलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

उनी तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् । रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।

गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहिँ भित्रै बस्ने व्यवस्था मिलाइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment