+
+
Shares

धुर्मुस-सुन्तलीलाई एक महिनाको तलव दिने सभापति अधिकारीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २ गते १३:०५

२ असार, काठमाडौं । एमाले सांसद एवम् विकास समितिका सभापति रविन्द्र अधिकारीले धुर्मुस-सुन्तलीलाई एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।

rabindra adhikari (6)सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले उत्कृष्ट काम गरेको भन्दै उनले सहयोग घोषणा गरेका हुन् ।

राम्रो कामको कदरस्वरुप आफूले पाउने एक महिनाको पारीश्रमिक (करीब ५० हजार रुपैयाँ) छिट्टै नै धुर्मुस-सुन्तलीलाई प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले सहयोग घोषणा गरेको उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?