Comments Add Comment

म्याच प्रिभ्यूः जर्मनी वा पोल्याण्ड कसले बाजी मार्ला ?

बिहीबार राति १२ः४५ बजे

Germany-Training

विश्व बिजेता जर्मनीले जारी युरोकप २०१६ मा समूहको आफ्नो दोस्रो खेलमा आज चीरपरिचित प्रतिद्वन्द्वी पोल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । समूहको पहिलो खेलमा जित हासिल गरेको दुवै टोली आजको खेलमा सुखःद नतिजा ल्याएर नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउने योजनामा हुनेछन् ।

यी दुई छिमेकी मुलुकका टोलीहरुबीच अहिलेसम्म भएका २० प्रतिस्पर्धामा मात्र १ पटक पोल्याण्ड बिजयी भएको छ । सन् २०१४ मा भएको युरो छनौट अन्तर्गतको खेलमा विश्वविजेता जर्मनी पोल्याण्डसँग २-० गोलले स्तब्ध भएको थियो ।

स्टार खेलाडीले भरिएको जर्मनीको पछिल्लो प्रदर्शन त्यति उल्लेख्य छैन । बिशेषगरी विश्वविजेता भएपछिको जर्मन टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । जर्मनी पछिल्लो १० खेलमा ४ खेलमा विजयी भएको छ । यता छनौटमा राम्रो प्रदर्शन गरेको पोल्याण्डले पछिल्लो १० खेलमा एउटामा मात्र पराजय ब्यहोरेको छ भने दुई खेल बराबरी खेलेको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा बुधबार जर्मन प्रशिक्षक जोचिम लो ले भने, ‘पोल्याण्डले संगठित खेल खेल्छ । त्यो नै उसको सबैभन्दा ठूलो तागत हो । उनीहरु अवसरको प्रतिक्षा गर्छन् र काउण्टर यट्याकमा माहिर छन् ।’ प्रशिक्षक लो ले पछिल्लो दुई बर्षमा उत्कृष्ट आक्रामक टोलीको रुपमा आफुले पोल्यण्डलाई ‘मार्क’ गरेको बताए ।

यता पोलिस प्रशिक्षक एडम नावाल्काले भनेका छन् कि ‘प्रतियोगिताको छनौट चरणमा जर्मनीमाथिको हाम्रो जीत निक्कै महत्वपूर्ण थियो । त्यो जीतले हाम्रो टोलीको आत्मविश्वास बढाएको छ । साथै हामीसँग उत्कृष्ट खेलाडीहरु पनि छन् । उनीहरु जुनसुकै बेलामा त्यस्तो जित फेरि हासिल गर्न सक्षम छन् ।’

‘म आफनो टोलीलाई विश्वास गर्छु’ उनले अगाडि थपे, ‘हामी विश्वकै उत्कृष्ट टोलीबिरुद्धको प्रतिस्पर्धामा सहभागी हुँदैछौं । यो खेल हाम्रा लागि अत्यन्तै मुस्किल हुनेछ । तर, प्रत्येक खेल हाम्रा लागि खास हुनेछ । सबैभन्दा उल्लेखनीय कुरा के हो भने हामीले पोलिस टोलीको प्रतिनिधित्व गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment