Comments Add Comment

मिलिक भर्सेस ड्रक्सलर

players (1)

आर्काटिउज मिलिक

आज राति हुने खेलमा जर्मनीको रंक्षापंक्तिका लागि टाउको दुखाइ बन्नसक्छन् पोल्याण्डका युवा फर्वार्ड आर्काटिउज मिलिक । उनी अहिले २२ बर्षका भए । उनलाई पोल्याण्डका रोवर्ट लेवाण्डोस्कीका उत्तराधिकारीको रुपमा हेरिएका छन् । अहिलेसम्मको प्रदर्शनका आधारमा भन्ने हो भो उनी लेवाण्डोस्कीभन्दा उत्कृष्ट बन्न सक्छन् ।

युरोकपको उत्कृष्ट रंक्षापंक्ति भएको टोलीमध्येको एक हो, जर्मनी । तर उ मिलिकसँग डराइरहेको छ । नर्दन आयरल्याण्डबिरुद्धको खेलमा पोलिस टोलीका लागि निर्णायक गोल गरेका उनी बिपक्षीलाई कुनै मौका नदिइ आक्रमण गर्छन् । स्टार स्ट्राइकर रोबर्ट लोवाण्डोस्कीसँगको अग्रपंक्तिमा उनको तालमेल उत्कृष्ट रहेका पोल्याण्ड यस युरोमा निक्कै माथि पुग्नसक्ने बिश्लेषण गरिएको छ ।

सन् २०१२ को अन्त्यतिर १८ बर्षको उमेरमै जर्मन बुण्डेसलिगा क्लव बायर लिभरकसेनमा आवद्ध भएका उनको सुरुवाती दुई सिजन सुखःद रहेन । लिभरकसेन र त्यसपछिको अर्को सिजन लोनमा असबर्गबाट खेलेका उनले २४ लिग खेलमा मात्र ३ गोल गरे । तर त्यसयता उनी निक्कै चम्किए । सन् २०१४/१५ को सिजनमा लोनमा आयाक्स गएका उनी २०१५/१६ को सिजनमा आयक्समै आबद्ध भए । दुई सिजनमा खेलेका ५२ लिग खेलमा उनले ३२ गोल गरेका थिए । पछिल्लो सिजनमात्र उनले ३१ खेलमा २१ गोल गरे । जुन अविश्वसनीय प्रदर्शन हो ।

सन् २०१२ यता पोल्याण्डको राष्ट्रिय टोलीबाट खेलेका २७ खेलमा उनले ११ गोल गरेका छन् । जसमा गत आइतबार उनले आयरल्याण्डबिरुद्ध गरेको गोल पनि सामेल छ । उनले युरोकपको छनौट चरणमा ६ गोल गरेका थिए ।

लेवाण्डोस्की र मिलिकलाई रोक्न विश्वबिजेता जर्मनीका डिफेण्डरहरुलाई त्यति सजिलो भने पक्कै हुनेछैन ।

जुलियन ड्रक्सलर

२२ बर्षीय जर्मन युवा स्टार विंगर जुलियन ड्रक्लर टोलीका भविश्य हुन् । जर्मन टोलीबाट ११ नम्बरको जर्सी उनलाई दिइएको छ । दुवै खुट्टा उत्तिकै चलाउनसक्ने यी खेलाडीले बिशेष गरी मैदानको बायाँ क्षेत्रबाट खेल्छन् । आफ्नो पोजिसनमा अप एण्ड डाउन खेल्न सक्ने यी स्टारले दायाँ विंगर तथा सेन्टरबाट आक्रामक मिडफिल्डरको रुपमा पनि आफुलाई अब्बल प्रमाणित गरिसकेका छन् ।

युक्रेनसँगको पहिलो खेलमा उनी ७८ मिनेट मैदानमा देखिए । उनलाई आन्द्रे सर्लेले सब्सिच्युड गरेका थिए । ४-२-३-१ क्ो फर्म्याटमा खेल्ने जर्मनीका लागि उनले बायाँ क्षेत्रबाट फिट देखिन्छन् । बायाँ क्षेत्रबाट हुने घातक क्रस जर्मन टोलीको बिशेषता नै हो । त्यसमा उनी माहिर छन् ।

सन् २०११ इता राष्ट्रिय टोलीबाट खेलेका २० खेलमा १ गोल गरेका छन् । त्यस्तै व्यवसायिक फुटबलमा उनले २०११ देखि २०१५सम्म साल्के ४ बाट खेलेका ११८ खेलमा १८ गोल गरेका छन् भने पछिल्लो सिजन ओल्फवर्गबाट खेल्दा २३ खेलमा ६ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment