Comments Add Comment

बरियताक्रमको पुछारमा पारिएपछि न्यायाधीशले हाले न्यायपरिषदविरुद्ध मुद्दा

Sarboccha-Adalat३ असार, काठमाडाैं । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन् ।

न्याय क्षेत्रमा पुर्‍याएको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दायर गरेका छन् । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर्गतको  मनुस्मृतिमा गत वर्ष विद्याबारिधि गर्ने व्यक्ति भएको आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।

उनले न्यायपरिषद्बाट अन्य न्यायाधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो राखेका छन् ।

अरु न्यायाधीशको क्रमसंख्या उल्लेख गर्दा उनले गरेको प्रशासनिक कार्यविधि जोडिए पनि आफू न्यायाधीश हुनुअघि कानुन व्यवसायीका रुपमा ३० वर्षसम्म पुर्‍याएको योगदानको उपेक्षा गरिएको उनको भनाइ छ ।

सिद्दिकीले २०३६ पुसदेखि कानुन व्यवसाय गर्दै आएको थिए । उनले परिषदबाट यस अघिको गणना नगरी क्मसंख्यामा अन्य न्यायाधीशभन्दा पुछारमा नाम राख्ने काम भएकाले यस्तो कार्य रोक्न सर्वोच्चसँग माग गरेका छन् ।

परिषद्ले भने आफ्नो अभिलेखमा सिद्दिकीको न्याय सेवा प्रवेश मिति २०६६ भदौ २१ गते जनाउँदै आएको छ । ३० वर्षको इतिहासै मेटिने गरी सात वर्षमात्र गण्ना गरिएपछि उनले परिषदसँगचित्त दुखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment