Comments Add Comment

यौनकर्मी रोबोट ! अबको ३४ वर्षमा यस्ता हुनेछन् वेश्यालय

robertयदि वेश्यालयहरुमा यौनकर्मी मानिसहरुको ठाउँ रोबोटले लियो भने के होला, तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ ? सायद यस्तो कल्पना गर्नुनै बेकार छ भन्ने सोँच्नुभयो होला ।

तर प्रविधिको द्रुततर विकाश भैरहेको अहिलेको युगमा केहीकुरा पनि असम्भव नहुँदो रहेछ । वैज्ञानिकहरुले यौनकर्मी रोबोट निर्माणको काम सुरु गरिसकेका छन् ।

वैज्ञानिकहरुका अनुसार यौनकर्मी रोबोट निर्माणको योजनामा काम भैरहेको छ र यो सफल भएमा यसका धेरै फाइदाहरु हुनेछन् ।

मिरर अनलाइनको रिपोर्ट अनुसार रोबोट यौनकर्मी हुने वेश्यालयहरु एकातर्फ एड्स जस्ता यौनरोगहरु रोक्नमा कामयाव हुनेछन् भने अर्कोतर्फ युवती तथा महिलाहरुको तस्करीका घटनामा पनि कमी आउनेछ । त्यसका लागि यौन उद्योगमा हुने अपराध सम्बन्धी मामिलाहरुमा पनि कमी आउनेछ । अनि वेश्यागमनको कुरालाई लिएर अहिले जस्तो प्रकारको अपराध बोधको स्थिति रहेको छ त्यस्तो चिन्तन पनि हट्नेछ ।

नेदरल्याण्डकोे एम्सटर्डमका यौनशालाहरुका बारेमा केही समयपहिले एउटा अध्ययन गरियो । रोबोट, मानिस र यौन पर्यटन शीर्षकको उक्त शोधमा ती यौनशालाहरुको भविष्यका बारेमा विशलेषण गरिएको थियो । शोधकर्ताहरुका अनुसार सन् २०५० सम्ममा रेडलाइट एरियाको पूर्णरुपमा कायाकल्प हुनेछ । महिला यौनकर्मीको ठाउँ रोबोटले लिनेछ । र रोबोटिक सेक्स व्यवसायिक यौनक्रिडाको महत्वपूर्ण हिस्सा बन्नेछ ।

न्यूजिल्याण्डको युनिभर्सिटी अफ वेलिंगटनका फ्युचरोलोजिस्ट इयान योमन तथा सेक्सोलोजिस्ट माइकल मार्सले एम्सटर्डमका वेश्यालयहरु सन् २०५० मा कस्ता होलान् भन्ने बारेमा एउटा प्रक्षेपण गरे । उनीहरुले सहरको कुनैबेलाको सबैभन्दा चर्चित यब यम नामक वेश्यालयलाई आधार बनाएर अध्ययन गरेका थिए । यो वेश्यालय सन् २००८ मा बन्द भैसकेको छ ।

शोधकर्ताका अनुसार यब यम त्यतिबेलासम्म विल्कुलै आधुनिक हुनेछ र त्यसमा १ सय वटासम्म कामूक रोबोट हुनेछन् । ती रोबोटको जिउमा नाउँमात्रैको कपडा हुनेछ । यिनीहरु कामूक पहिरनमा परेड खेलिरहेका हुनेछन् । अनि उक्त वेश्यालयमा रोबोट गमन लगायतका सबै सेवाको समग्र शुल्क एक पटकको १० हजार डलर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment