+
+

पेट्रोल चोरीमा नयाँ रहस्योदघाटन, ९ फिट गहिरो सुरुङ खनेर चोरियो तेल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते १०:४८

३ असार, काठमाडौं । लामो सुरुङ खनेर भारतीय आयल निगमको पेट्रोल चोरी भएको रहस्य खुलेको छ । पेट्रोल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् ।

Tunnelदिल्लीको मुडका इलाकामा ९ फिट गहिरो र २३ फिट लामो एक सुरुङ भेटियो । यो सुरुङ अर्जुनपार्क इलाकाको एक घरभित्रबाट भारतीय आयल निगमको पेट्रोलको पाइपलाइनसम्म पुगेको थियो र विज्रवसन-सोनीपतको मुख्य पाइपलाइनमा प्वाल पारेर खतरनाक तरिकाले तेल चोरी भइरहेको थियो ।

अधिकारीहरुले पाइपलाइनमा प्रेसर कम हुँदै गएपछि शंका गरेका थिए । त्यसपछि भारतीय आयल निगमले प्रहरीमा पेट्रोल चुहावटको उजुरी गरेको थियो । प्रहरीको अनुसन्धानबाट के रहस्योदघाटन भयो भने घर भित्रैबाट लामो सुरुङ खनेर पेट्रोल चोरी भइरहेको छ । प्रहरीले यो पत्ता लगाउँदासम्म लाखौं मूल्य बराबरको हजारौं लिटर तेल चोरी भइसकेको थियो ।

सुरुङमार्फत् तेल चोरेको आरोपमा प्रहरीले जयकुमार, सुदेश गुप्ता र जोगिन्दर भन्ने व्यक्तिलाई पक्राउ गरेको छ । यी तिनैजना दिल्ली निबासी हुन् । प्रहरीका अनुसार सुदेश र जोगिन्दर यसअघि पनि यस्तै तरिकाले राजस्थानको भरतपुरमा तेल चोरेको आरोप पक्राउ परेका थिए ।

प्रहरीबाट पक्राउ गरिएकाहरुले केहि समय अघि मात्रै त्यो घर र वरपरको क्षेत्र भाडामा लिएका थिए । अर्जुन पार्कको जुन भवनभित्रबाट तेल चोरी भइरहेको थियो त्यो भवन जयकुमारले भाडामा लिएका थिए ।

यसअघि पनि भारतको उत्तमनगर क्षेत्रबाट यसैगरी सुरुङ खनेर तेल चोरी भएको पत्ता लागेको थियो र चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

-आइबीएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?