Comments Add Comment

बारमा विवादः कांग्रेसको गोटी बनेको आरोप

व्यवसायिक मर्यादा बचाउन र गल्ती सच्याउन माग

nepal bar३ असार, काठमाडौं । शेरबहादुर केसीले नेतृत्व गरेको नेपाल बार एशोसिएसन कांग्रेसका नेताहरुको गोटी बनेको र अदालतलाई कमजोर बनाउने अभियानमा लागेको विज्ञहरुले आरोप लगाएका छन् ।

अदालतविरुद्ध बोलेका कांग्रेस नेता शेरबहादुर देउवाको बचाऊ गर्दै बारले वक्तव्य निकालेपछि नेपाल बार एशोसिएशनभित्र विवाद बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतविरुद्ध बोलेपछि यसैसाता सर्वोच्च अदालतले जथाभावी नबोल्न चेतावनी दिँदै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

अदालतले जारी गरेको प्रेस विज्ञप्तिको औपचारिक जवाफ नेपाली कांग्रेसले अहिलेसम्म दिएको छैन । तर, कांग्रेस नेताहरुकै भाषामा नेपाल बार एशोसिएसनले अदालतको आलोचना गर्दै प्रेस विज्ञप्ति जारी गर्‍यो ।

बारको यस्तो वक्तव्यले अदालतविरुद्ध जथाभावी बोल्ने नेताहलाई आड भरोसा मिलेको छ भने बारको व्यवसायिकतामाथि गम्भीर प्रश्न उठाइएको छ ।

बारले सर्वोच्च अदालतको आलोचना गरेर कांग्रेस नेताको पक्षमा खुलेआम वक्तव्यबाजी गरेको भन्दै कानूनविदहरुले बारमाथि नै प्रश्न उठाएका हुन् । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले अनलाइनखबरसँग भने- ‘नेपाल बारले कुनै अमूक राजनीतिक दलका नेताविशेषको वकालत गरेर वक्तव्य निकाल्नु दुर्भाग्यपूर्ण हो ।’

अदालतको आलोचना गर्दै बारले जारी गरेको वक्तव्यले संस्थाको व्यवसायिक साख, गरिमा र मर्यादालाई होच्याउने काम गरेको भट्टराईको भनाइ छ । उनले अनलाइनखबरसँग भने,- ‘यस्तो त्रुटीपूर्ण धारणा परिवर्तन गर्नुपर्छ, बारले अमूक दलको भगिनी संस्थाजस्तो गर्नुहुँदैन ।

न्यायपालिका न्यायाधीश नभएकाले चाँडो न्यायाधीशहरुको नियुक्ति गर्नुपर्ने माग गर्नु नेपाल बारको सरोकारको विषय भएको भट्टराईले स्पष्ट पारे । तर, अदालतले कुनै दलका नेताको बचाउमा वक्तव्य निकाल्न नहुने उनले बताए ।

सर्वोच्च अदालतको वक्तव्यप्रति नेताहरु मौन बस्ने अनि नेपाल बारले ती नेताको प्रतिरक्षा गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको अधिवक्ता भट्टराईको तर्क छ ।

बारको पछिल्लो वक्तव्यले संस्थाको व्यवसायिक साख, गरिमा र मर्यादालाई होच्याउने काम गरेको भन्दै यसलाई सच्याउन उनले मागसमेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

सर्वोच्च अदालतमा राजनीतिः एमाले भर्सेज कांग्रेस !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment