Comments Add Comment

मधेसलाई रुवाउँदै चुनाव हुन सक्दैनः कांग्रेस नेता खड्का

३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले भूकम्प पीडित र मधेसलाई रुवाएर र प्रमुख प्रतिपक्षी कांग्रेसलाई चिढ्याएर मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा पूर्वमन्त्री खड्काले बजेटमार्फत विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट चुनावमा फाइदा लिने र मंसिरसम्म सरकार कायम राख्ने योजनामा सरकारले चुनावको कार्यतालिका सार्वजनिक गरेको दाबी गरे ।

खड्काले भने, ‘यो सक्रमणकालको अन्त्य गर्ने विशेष निर्वाचन हो । यस्तो अवस्थामा प्रतिपक्षीसँग छलफल नै नगरी निर्वाचन हुन सक्दैन । मधेसलाई पनि अहिले हल्का रुपमा लिनु हुँदैन । ऐन कानून केही बनेको छैन । सरकारले बजेटको फाइदा उठाउन हतारमा निर्वाचनको कुरा गरेको हो ।’

निर्वाचनका लागि सहमतिको सरकार बन्नु पर्ने बताए । सहमतिको सरकारमा ठूलो पार्टी भएकोले पहिलो दाबी कांग्रेसको हुने भएपनि दोस्रो विकल्पको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार भए कांग्रेसले सहयोग गर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment