Comments Add Comment

काठमाडौंबाटै देखियो ‘अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशन’

International-Space-Station

३ असार, काठमाडौं । पछिल्लो एक सातादेखि काठमाडौबाट ‘अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशन’ देखिएको छ ।

यो १९९८ मा प्रक्षेपण गरिएको उपग्रह हो । जहाँ पछिल्लो १५ वर्षदेखि आकासमै छ र, त्यहाँ कोही न कोही मानिस बसिरहेको छ । यसले निरन्तर पृथ्वीको परीक्रमा गरिरहन्छ ।

त्यस क्रममा सोमबारदेखि काठमाडौंबाट देखिएको हो । आज शुक्रबार बेलुका ८ बजेर ३० मिनेटमा २ मिनेटसम्म देखिनेछ । सबैभन्दा लामो समय भोलि बेलुकी ७ बजेर ३७ मिनेटबाट ५ मिनेटसम्म देखिनेछ । र, यो क्रममा २२ तारिखसम्म रहने नासाले जनाएको छ ।

‘अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशन’ अहिले कहाँ छ भनेर नासाको ऐप र वेबसाइटबाट पनि हेर्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment