+
+
Shares

जान्हबी र किशोर पाँच ठाउँमा नाचेपछि सुटिङ सकियो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते ९:३५

shooting of parsuramकाठमाडौं । कथानक चलचित्र ‘पर्शुराम’को छायांकन सकिएको छ । चलचित्रमा समाबेश एउटा गीतमा जान्हबी बस्नेत र किशोर खतिवडा लुम्बिनी, बुटवल, पाल्पा, पोखरा हुँदै चितवनमा नाँचेपछि चलचित्रको सुटिङ सकिएको हो ।

एनआर घिमिरेको निर्देशन रहेको ‘पर्शुराम’मा टंक बुढाथोकिको संगीत छ भने टंक र नीता थापाको स्वर रहेको ‘छिसिक्क मिस कल’ बोलको गीतमा यी कलाकारले पाँच ठाउँ पुगेर नाँचेका थिए ।

यस चलचित्रमा किशोर र जाहान्वीको अतिरिक्त घनश्याम गिरि ,सुशील पोखरेल ,नबराज रावत लगायतको मुख्य भूमिका रहेको छ ।

फुल एक्शन एवं प्रेमकथामा आधारित यस चलचित्रमा ५० भन्दा बढी घोडाहरुको प्रयोग गरिएको निर्देशक घिमिरेले बताए । चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?